नेपाल हेल्थ न्युुज, काठमाडौं। पूर्वी नेपालका चार पहाडी जिल्लामा आयोजित स्वास्थ्य परीक्षण शिविरमा करिब ४ हजार ५ सय व्यक्तिको क्यान्सर परीक्षण गरिएको छ। भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा सम्पन्न यो कार्यक्रम इलाम, पाँचथर, संखुवासभा र धनकुटा जिल्लामा सञ्चालित थियो।
शिविरमा सहभागीमध्ये ४ हजार महिला र ५ सय पुरुषले क्यान्सर स्क्रिनिङसहित विभिन्न स्वास्थ्य परीक्षण सेवा लिएका थिए। उनीहरूलाई आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो।
यस अवसरमा स्थानीय तीन सय विद्यार्थीहरूलाई क्यान्सरसम्बन्धी सचेतनामूलक तालिम पनि दिइएको भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो।
शिविरमा डा. चालिसेसँगै वरिष्ठ फिजिसियन डा. अफ्र्यान आजद, स्त्री रोग विशेषज्ञ डा. एन्जिना कोइराला, रेडियोलोजिस्ट डा. आशुतोष शाह, डा. उमेश, डा. आनन्द, डा. विकास आनन्द लगायतले सहभागी भएर स्वास्थ्य परीक्षण गर्नुभएको थियो।
परीक्षणको क्रममा केही जटिल समस्या पत्ता लागेका थिए भने ३० जनामा क्यान्सरको सम्भावना देखिएपछि थप परीक्षण तथा उपचारका लागि उनीहरूलाई भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको छ। अस्पतालले ती सबै बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ।
कार्यक्रम सफल बनाउन फिदिम नगरपालिकाका मेयर मित्रलाल काफ्ले, इलाम अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रभु शाह, धर्मदेवी नगरपालिकाकी मेयर तारा महत, पाख्रिबास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ तथा नेपाल–भारत मैत्री संघका पदाधिकारीहरूले विशेष सहयोग गर्नुभएको थियो।
जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३


