नेपाल हेल्थ न्युज, काठमाडौं । निजामती कर्मचारी अस्पतालले नेपालमा पहिलोपटक कम्प्युटर नेभिगेसन प्रविधिको प्रयोग गर्दै घुँडाको जोर्नी प्रत्यारोपण सुरु गरेको छ। यस प्रविधिको औपचारिक सुरुवात मुख्यसचिव एकनारायण अर्यालले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो।
उक्त प्रविधिबाट गरिएको उपचारले बिरामीलाई कम पीडामा चाँडो निको पार्ने सम्भावना बढ्ने चिकित्सकहरूको भनाइ छ। अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले अत्याधुनिक प्रविधि प्रयोग गर्दै सेवा विस्तार गरिने बताउनुभएको छ।
घुँडाको जोर्नी प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक डा. सुमनबाबु मरहठ्ठाका अनुसार, नेपालमा पहिलोपटक यो प्रविधिबाट सर्जरी गरिएको हो। यसले उपचारको सटीकता बढाउँछ र बिरामीलाई छिटो सहजता दिन्छ, उहाँले बताउनुभयो।
हालसम्म चार जना बिरामीको सफलतापूर्वक प्रत्यारोपण भइसकेको छ। पहिलो शल्यक्रियामा भारतीय विशेषज्ञको सहयोग लिइए पनि दोस्रोपटक अस्पतालकै टोलीले प्रक्रिया सम्पन्न गरेको थियो।
यो प्रविधिबाट उपचार गर्दा अनुमानित लागत रू. ३ लाखदेखि ३.५ लाखसम्म पर्न सक्ने अस्पतालले जनाएको छ। डा. मरहठ्ठाले यो विधिबाट घुँडा खिइएका, चोटपटक लागेका वा बिग्रिएका बिरामीहरूलाई उपचार गरिने बताउनुभयो।
मुख्यसचिव अर्यालले अस्पतालको सेवा सबै नागरिकका लागि भएको भन्दै अन्य प्रविधिहरू पनि थप्दै अस्पताललाई उत्कृष्ट बनाउने आवश्यकतामा जोड दिनुभयो।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
