नेपाल हेल्थ न्युज, काठमाडौं । निजामती कर्मचारी अस्पतालले नेपालमा पहिलोपटक कम्प्युटर नेभिगेसन प्रविधिको प्रयोग गर्दै घुँडाको जोर्नी प्रत्यारोपण सुरु गरेको छ। यस प्रविधिको औपचारिक सुरुवात मुख्यसचिव एकनारायण अर्यालले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो।
उक्त प्रविधिबाट गरिएको उपचारले बिरामीलाई कम पीडामा चाँडो निको पार्ने सम्भावना बढ्ने चिकित्सकहरूको भनाइ छ। अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले अत्याधुनिक प्रविधि प्रयोग गर्दै सेवा विस्तार गरिने बताउनुभएको छ।
घुँडाको जोर्नी प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक डा. सुमनबाबु मरहठ्ठाका अनुसार, नेपालमा पहिलोपटक यो प्रविधिबाट सर्जरी गरिएको हो। यसले उपचारको सटीकता बढाउँछ र बिरामीलाई छिटो सहजता दिन्छ, उहाँले बताउनुभयो।
हालसम्म चार जना बिरामीको सफलतापूर्वक प्रत्यारोपण भइसकेको छ। पहिलो शल्यक्रियामा भारतीय विशेषज्ञको सहयोग लिइए पनि दोस्रोपटक अस्पतालकै टोलीले प्रक्रिया सम्पन्न गरेको थियो।
यो प्रविधिबाट उपचार गर्दा अनुमानित लागत रू. ३ लाखदेखि ३.५ लाखसम्म पर्न सक्ने अस्पतालले जनाएको छ। डा. मरहठ्ठाले यो विधिबाट घुँडा खिइएका, चोटपटक लागेका वा बिग्रिएका बिरामीहरूलाई उपचार गरिने बताउनुभयो।
मुख्यसचिव अर्यालले अस्पतालको सेवा सबै नागरिकका लागि भएको भन्दै अन्य प्रविधिहरू पनि थप्दै अस्पताललाई उत्कृष्ट बनाउने आवश्यकतामा जोड दिनुभयो।
बीपी कोइराला क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग
बुधबार, पुस २, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति रोक्न अदालतको अल्पकालीन आदेश
मंगलबार, पुस १, २०८२
जंगीलाल राय बने मधेश प्रदेशका स्वास्थ्य मन्त्री
मंगलबार, पुस १, २०८२
स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी
मंगलबार, पुस १, २०८२
