नेभिगेशन

बीउको तेलः स्वास्थ्यका लागि विष कि वरदान ? 

नेपाल हेल्थ न्युज काठमाडौं । भान्सामा प्रयोग हुने कनोला (तोरी), सूर्यमुखी, मकै वा भटमासको तेललाई हाल सामाजिक सञ्जालमा निकै आलोचना गरिरहेको छ। कतिपय पोस्टहरूमा यस्ता तेललाई विषाक्त, मुटु बिगार्ने, वा क्यान्सर निम्त्याउन भनेर चिनाइएको छ। तर के यी आरोपहरू वैज्ञानिक प्रमाणमा आधारित छन् ?

बीउको तेलमा पाइने ओमेगा-६ः साथी कि दुश्मन ?

यस्ता तेलहरूमा ओमेगा-६ फ्याटी एसिड भरपुर पाइन्छ, जुन शरीरका लागि आवश्यक पोषक तत्व हो। तर, पछिल्ला केही वर्षमा ओमेगा-६ अत्यधिक सेवनले दीर्घकालीन सूजन निम्त्याउन सक्ने र मुटुरोग वा क्यान्सरको जोखिम बढाउन सक्ने आशंका गरिएको छ।

तर वैज्ञानिक प्रमाण के भन्छ ?

टफ्ट्स विश्वविद्यालयका प्राध्यापक दारिअस मोजाफेरिअनका अनुसार ओमेगा(६ ले सूजन बढाउँदैन, बरु एन्टी-इन्फ्लेमेटरी असर देखिएको छ।

३० वर्षसम्म २ लाखभन्दा बढी मानिसको जीवनशैलीमाथि गरिएको अनुसन्धानले बीउको तेल खाने मानिसमा मुटुरोग र क्यान्सरको जोखिम कम देखिएको छ।

प्रशोधन प्रक्रिया र हेक्सीनको डर !
केही मानिसले कनोला वा सूर्यमुखीको तेल निकाल्दा प्रयोग गरिने हेक्सीन नामक रसायनलाई लिएर चिन्ता व्यक्त गर्छन्। तर वैज्ञानिकहरूका अनुसार सामान्य मात्रामा प्रयोग हुने यो रसायनले स्वास्थ्यमा हानि पुर्‍याउने स्पष्ट प्रमाण छैन। परम्परागत ढङ्गले पेलिएका तेल (जस्तै कोलबाट निकालिने तोरी तेल) महङ्गो पर्छ, त्यसैले व्यापारीक उत्पादनमा औद्योगिक तरिका नै चलनमा छ।

ओमेगा-६ र क्यान्सरस् के सम्बन्धर ?
हालैको एउटा अध्ययनले ओमेगा-६ फ्याटी एसिडको प्रमुख घटक लिनोलिक एसिडले स्तन क्यान्सरको एक प्रकार (TNBC) मा वृद्धि गर्न सक्छ भन्ने देखाएको छ। तर, यस्तो सम्बन्ध अन्य क्यान्सर प्रकारहरूमा देखिएको छैन। साथै, धेरै अध्ययनहरूले ओमेगा-६ को सेवनले मुटुरोग र मधुमेहको जोखिम कम गर्छ भन्ने निष्कर्ष निकालेका छन्।

सन्तुलन नै मुख्य कुरा
पश्चिमी मुलुकहरूमा ओमेगा-६ र ओमेगा-३ को अनुपात अत्यधिक असन्तुलित छ (जस्तै ५.१ ), जबकि सन्तुलित अनुपात  ४.१ हुनु उपयुक्त मानिन्छ। वैज्ञानिकहरू भन्छन्ओमेगा-६ घटाउनेभन्दा ओमेगा-३ (माछा, चिया बियाँ, अलसी आदि) बढाउनु उत्तम हुन्छ।

बीउको तेल प्रयोग गर्ने तरिका

  • घरमा पकाउने खानामा सन्तुलित मात्रामा प्रयोग गर्नु
  • अत्यधिक प्रशोधित जंक फुडमा प्रयोग हुने तेलसँग बीउको तेललाई नजोड्ने
  • कच्चा वा हल्का भुटाइमा प्रयोग गर्नु

सबै तेल खराब होइनन्
तोरी, सूर्यमुखी, मकै वा भटमासको तेलप्रति बढ्दो आलोचना पूर्ण रूपमा वैज्ञानिक प्रमाणमा आधारित छैन। पोषण विज्ञहरू भन्छन् यस्ता तेलहरूमा लाभदायक फ्याटी एसिडहरूको सन्तुलन हुन्छ, र ती घरमै पकाइएका स्वस्थ भोजनमा उपयुक्त मात्रामा प्रयोग गर्दा लाभदायक हुन सक्छन्।

यसो भन्दैमा सबै तेल स्वास्थ्यमैत्री हुन् भन्न सकिन्न। प्रशोधित, डब्बाबन्द, अत्यधिक नुन र चिनीयुक्त खानामा प्रयोग हुने तेललाई सीमित गर्नु भने अवश्य जरुरी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप डायट एण्ड फिटनेश