नेपाल हेल्थ न्युज, तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको मात्र अनुमति भए पनि बिरामी चाप बढेसँगै १४४ शय्या सञ्चालनमा ल्याइएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीका अनुसार सीमित संरचना र जनशक्ति हुँदाहुँदै पनि बढ्दो सेवाको मागले अस्पतालमा भार परेको छ।
हाल १४ कन्सलटेन्ट डाक्टरको दरबन्दीमा १८ जना कार्यरत छन् भने ७ मेडिकल अफिसरको दरबन्दीमा २४ जना कार्यरत छन्। ७२ जनाको दरबन्दीमा २३५ कर्मचारी परिचालन गरिएको छ।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्रराज लामिछानेले २०० शय्याको स्वीकृति र बजेट आगामी आर्थिक वर्षमा आउनेमा आशावादी रहेको बताउनुभयो। चौतर्फी मागका बीच अस्पताललाई २०० शय्यामा विस्तार गर्न पहल भइरहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
