नेपाल हेल्थ न्युज, तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको मात्र अनुमति भए पनि बिरामी चाप बढेसँगै १४४ शय्या सञ्चालनमा ल्याइएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीका अनुसार सीमित संरचना र जनशक्ति हुँदाहुँदै पनि बढ्दो सेवाको मागले अस्पतालमा भार परेको छ।
हाल १४ कन्सलटेन्ट डाक्टरको दरबन्दीमा १८ जना कार्यरत छन् भने ७ मेडिकल अफिसरको दरबन्दीमा २४ जना कार्यरत छन्। ७२ जनाको दरबन्दीमा २३५ कर्मचारी परिचालन गरिएको छ।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्रराज लामिछानेले २०० शय्याको स्वीकृति र बजेट आगामी आर्थिक वर्षमा आउनेमा आशावादी रहेको बताउनुभयो। चौतर्फी मागका बीच अस्पताललाई २०० शय्यामा विस्तार गर्न पहल भइरहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
