नेपाल हेल्थ न्युज, कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा परीक्षण किटको अभावका कारण कोभिड–१९ को जाँच हाल स्थगित गरिएको छ।
अस्पतालका अनुसार पछिल्लो समय भारतबाट फर्किने नागरिकको संख्यामा वृद्धि हुँदै गएकाले कोरोना संक्रमणको आशङ्का बोकेर अस्पतालमा परीक्षणका लागि आउनेहरू बढेका छन्। तर, परीक्षणका लागि आवश्यक पर्ने किट उपलब्ध नहुँदा परीक्षण हुन नसकेको हो।
अस्पतालका सूचना अधिकारी शान्तप्रसाद जोशीका अनुसार प्रयोगमा रहेका किटको म्याद सकिएको छ भने नयाँ किट आपूर्तिको प्रक्रिया अझै सम्पन्न भइसकेको छैन। प्रत्येक दिन कोरोना परीक्षण गराउन मानिसहरू आउँछन्, तर किट नहुँदा परीक्षण स्थगित गर्नु परेको छ, जोशीले बताउनुभयो।
यो अवस्थाले बिरामीहरूमा थप मानसिक दबाब र अन्यौलता सिर्जना गरेको छ। भारतमा कोरोना संक्रमण दर पुनः बढ्दै गइरहेको सन्दर्भमा सीमावर्ती जिल्लामा परीक्षणको व्यवस्था नहुनु चिन्ताजनक देखिएको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
