नेपालको स्वास्थ्य प्रणाली अझै संक्रमणकालीन अवस्थामा छ । यद्यपि, केही संस्था र व्यक्तिहरूको सक्रिय योगदानले यो क्षेत्रमा उल्लेखनीय प्रगति हुँदै गएको छ । त्यस्ता संस्थामध्ये एक हो–इष्टवेष्ट ग्रुप । यस संस्थाले स्वास्थ्य प्रविधि, विशेषतः क्यान्सर उपचारमा प्रयोग हुने उपकरणहरूमा नवीनता र पहुँच विस्तार गर्दै आइरहेको छ । यो प्रयासको नेतृत्व गर्दै हुनुहुन्छ संस्थाका कार्यकारी निर्देशक आर्हान्त श्रेष्ठ ।
नेतृत्व र जिम्मेवारी
आर्हान्त श्रेष्ठ विगत चार वर्षदेखि इष्टवेष्ट कन्सर्न ग्रुपसँग आबद्ध हुनुहुन्छ । अध्ययनपछि फर्किएर नेपालमै केही गर्ने अठोटका साथ काममा होमिएका श्रेष्ठको जिम्मेवारी मुख्यतया बजार विकास, मार्केटिङ रणनीति निर्माण, मेडिकल इक्विप्मेन्ट बिक्री र ब्राण्ड विज्ञापन सँग सम्बन्धित छ ।
उहाँ भन्नुहुन्छ –‘नेपालमा मेडिकल सेक्टर विस्तार हुँदैछ, तर अझै त्यति गति लिन सकेको छैन । नीतिगत सुधारको खाँचो छ, तर आवश्यकता अनुसार विस्तार भइरहेकै छ ।’
क्यान्सर उपचारमा टेक्नोलोजीको पहुँच
श्रेष्ठका अनुसार क्यान्सर अहिले विश्वव्यापी चुनौती बनेको छ–विशेषगरी दक्षिण एसियामा यसको दर तीव्र गतिमा बढिरहेको छ । ‘अस्वस्थकर खानपान र वातावरणीय कारणले क्यान्सर दर बढ्दो छ। त्यसैले हाम्रो पहिलो प्राथमिकता नै क्यान्सर उपचारमा प्रयोग हुने उपकरण हो’– श्रेष्ठ भन्नुहुन्छ । इष्टवेष्टले ल्याएको प्रविधिको दायरा व्यापक छ –
- डायग्नोसिस : लाइका कम्पनीका अत्याधुनिक डिटेक्सन उपकरणहरू ।
- उपचारः भेरिएन कम्पनीका रेडिएसन मेसिनहरू ।
- पोष्ट ट्रिटमेन्टः सिमेन्सका ल्याब समाधानहरू, इम्यनोहिस्टोकेमेस्ट्री (आईएचसी), स्लाइस्टेनर, माइक्रोटोमर ।
यी सबै मिलेर क्यान्सरको कम्प्रिहेन्सिभ सोलुसन तयार भएको श्रेष्ठ बताउँछन् । सेवा सर्वसाधारणसम्म पुर्याउने दृष्टिकोण इष्टवेष्टको उद्देश्य केवल ठूला अस्पतालहरूमा उपकरण पु-याउनु मात्र होइन । साना क्लिनिकदेखि ठूला क्यान्सर केन्द्रसम्म सबैका लागि उपयुक्त सोलुसन उपलब्ध गराउनु हो । श्रेष्ठको स्पष्ट सन्देश छ – ‘हामीलाई लाग्छ, प्रारम्भिक अवस्था मै क्यान्सर पत्ता लगाउनुको अर्थ जीवन जोगाउनु हो । तर नेपालमा धेरैजसो केस ढिलै पत्ता लाग्छ । त्यसैले स्क्रिनिङ संस्कृति विकास गर्नुपर्छ ।’
बजारबाट प्राप्त प्रतिक्रिया
इष्टवेष्टले वितरण गरिरहेका ल्याब, रेडियोलोजी र हिस्टोप्याथोलोजी उपकरणहरूमा बजारबाट उच्च सन्तुष्टि प्राप्त भएको श्रेष्ठ बताउनुहुन्छ । अहिले धेरै जनरल अस्पतालहरूमा समेत क्यान्सर पहिचान गर्ने उपकरण जडान भइरहेको छ । उहाँका अनुसार, ‘हरेक अस्पतालमा कम्तीमा १०% बिरामी क्यान्सर सम्बन्धि हुने भएकाले, अब क्यान्सर सोलुसन सबै अस्पतालको आवश्यकता हो ।’
आफ्टर सेल्स सेवा – कम्पनीको बलियो पक्ष
‘हाम्रो काम मेसिन बेचेपछि सकिँदैन – सेवा अझ महत्वपूर्ण छ ।’—श्रेष्ठ भन्नुहुन्छ । इष्टवेष्टसँग ७० भन्दा बढी मेडिकल इन्जिनियर छन् । क्यान्सर उपकरणमै केन्द्रित १०+ इन्जिनियर, जसले दुई दशकभन्दा बढी अनुभव र अन्तर्राष्ट्रिय तालिम प्राप्त गरेका छन् । २४ सै घण्टा सेवा दिने यो सुदृढ टोलीका कारण इष्टवेष्टको ब्रान्ड भ्यालु झन बलियो बन्दै गएको छ ।
नीति र भविष्य दृष्टिकोण
श्रेष्ठ नेपालको क्यान्सर उपचार प्रणालीमा इन्सुरेन्स नीतिको खाँचो औंल्याउँछन् । ‘हामीसँग अस्पताल र दक्ष जनशक्ति छ, तर नीति स्पष्ट छैन। जसले गर्दा बिरामीहरू विदेश धाउने गरेका छन् ।’ यस्तो अवस्था अन्त्य गर्न स्वास्थ्य बीमामा क्यान्सर समावेश गरिनु जरुरी भएको उहाँको धारणा छ ।
निष्कर्ष
इष्टवेष्ट ग्रुप र आर्हान्त श्रेष्ठ जस्ता युवा नेतृत्वकर्ताले नेपालमा प्रविधि–आधारित चिकित्सा सेवाको नयाँ अध्याय सुरु गरेका छन् । प्रारम्भिक पहिचानदेखि पूर्ण उपचारसम्मको प्रविधि समाधान दिन सफल इष्टवेष्ट, अब नेपालका हरेक कुनासम्म क्यान्सर उपचारको आशा बोक्दै अघि बढिरहेको छ । यदि तपाईं स्वास्थ्य, प्रविधि वा व्यवस्थापन विषयमा चासो राख्नुहुन्छ भने आर्हान्त श्रेष्ठको कार्यशैली र दृष्टिकोण निश्चय नै प्रेरणादायक छ ।
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१

