नेपाल हेल्थ न्युज, काठमाडौँ । गर्मी र वर्षायामसँगै झाडापखाला, हैजा लगायत पानीजन्य रोगहरूको जोखिम बढ्ने भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खानपानमा विशेष सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ।
मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सार्वजनिक सूचना जारी गर्दै विशेषगरी बासी, बिग्रेका तथा झिँगा लागेको खाना नखान सबैलाई सचेत गराएको हो। यस्ता खानेकुराले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सजग रहन अनुरोध गरिएको छ।
मन्त्रालयले सिधा रूपमा खाने फलफूल र तरकारीहरूलाई सफा पानीले राम्ररी धुने, पानी र खाना राम्रोसँग छोपेर राख्ने, भान्सा सफा राख्ने र राम्रोसँग पकाएर मात्र खाना खाने सुझाव दिएको छ।
त्यस्तै, खाना पकाउनु वा पस्किनु अघि हात साबुन पानीले धुनुपर्ने, बालबालिकालाई खुवाउने भाँडाकुँडालाई राम्रोसँग निर्मलीकरण गर्नुपर्ने सन्देश पनि मन्त्रालयले दिएको छ।
स्वास्थ्य सुरक्षाका लागि यी उपायहरू अवलम्बन गर्न मन्त्रालयले सबैमा आह्वान गरेको छ।
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग
सोमबार, भदौ २९, २०८३
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
