नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्त दुईदिने ताइवान भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएको छ। ताइवानमा उहाँले मुभमेन्ट डिसअर्डर र एपिलेप्सी (मिर्गी) का रोगमा प्रयोग गरिँदै आएको ‘मल्टिपल लेजनिङ’ प्रविधिबारे वैज्ञानिक प्रस्तुति दिनुभएको थियो ।
डा. पन्तका अनुसार ‘मल्टिपल लेजनिङ’ अवधारणा अहिले पनि विश्वका निकै कम केन्द्रहरूले मात्र प्रयोग गरिरहेका छन्। “यो अवधारणा हाम्रो टिमको अनौठो र विशेष अभ्यास हो, जुन संसारका केही गिनिएका केन्द्रहरूले मात्र गर्दै आएका छन्,” डा. पन्तले बताउनुभयो। “त्यही विशेषता र अनुभवको आधारमा मलाई अतिथि वक्ताका रूपमा आमन्त्रित गरिएको थियो, जुन अनुभव अत्यन्तै उत्कृष्ट रह्यो।”
ताइवान भ्रमणका क्रममा उहाँले प्रोफेसर ताइरा र ताइवानका न्युरोसर्जन तथा न्युरोलोजिस्ट टिमसँग पनि भेटघाट तथा सामूहिक छलफल गर्नुभएको थियो।
“यस यात्रालाई सफल बनाउन साथ र समर्थन गर्ने मेरो सम्पूर्ण टिमप्रति म विशेष आभारी छु,” डा. पन्तले भन्नुभयो, “अब म सोमबारदेखि पुनः नियमित कार्यमा फर्किनेछु।” डा. पन्त अन्नपूर्ण न्युरो अस्पतालका सञ्चालक हुनुहुन्छ ।
जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३

