नेभिगेशन

नेपालका वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तको ताइवानमा ‘मल्टिपल लेजनिङ’बारे वैज्ञानिक प्रस्तुति 

सोमबारदेखि नियमित काममा फर्किने 

नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्त दुईदिने ताइवान भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएको छ। ताइवानमा उहाँले मुभमेन्ट डिसअर्डर र एपिलेप्सी (मिर्गी) का रोगमा प्रयोग गरिँदै आएको ‘मल्टिपल लेजनिङ’ प्रविधिबारे वैज्ञानिक प्रस्तुति दिनुभएको थियो । 

डा. पन्तका अनुसार ‘मल्टिपल लेजनिङ’ अवधारणा अहिले पनि विश्वका निकै कम केन्द्रहरूले मात्र प्रयोग गरिरहेका छन्। “यो अवधारणा हाम्रो टिमको अनौठो र विशेष अभ्यास हो, जुन संसारका केही गिनिएका केन्द्रहरूले मात्र गर्दै आएका छन्,” डा. पन्तले बताउनुभयो। “त्यही विशेषता र अनुभवको आधारमा मलाई अतिथि वक्ताका रूपमा आमन्त्रित गरिएको थियो, जुन अनुभव अत्यन्तै उत्कृष्ट रह्यो।”

ताइवान भ्रमणका क्रममा उहाँले प्रोफेसर ताइरा र ताइवानका न्युरोसर्जन तथा न्युरोलोजिस्ट टिमसँग पनि भेटघाट तथा सामूहिक छलफल गर्नुभएको थियो।

“यस यात्रालाई सफल बनाउन साथ र समर्थन गर्ने मेरो सम्पूर्ण टिमप्रति म विशेष आभारी छु,” डा. पन्तले भन्नुभयो, “अब म सोमबारदेखि पुनः नियमित कार्यमा फर्किनेछु।” डा. पन्त अन्नपूर्ण न्युरो अस्पतालका सञ्चालक हुनुहुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट