नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको वीर अस्पतालमा डिजिटल प्रविधिको प्रयोग गरी एक बालिकाको नमिलेको टाउको मिलाउने जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। शल्यक्रिया ओरल एन्ड क्रोनिया–मेग्जिलोफेसियल, न्युरोसर्जरी, एनेस्थेसिया र क्रिटिकल केयर विभागका विशेषज्ञहरूको संयुक्त टोलीले गरेको हो।
बालिकाको अनुहार बांगो देखिन थालेपछि अभिभावकले उनलाई विभिन्न अस्पताल लगेको अन्ततः कान्ति बाल अस्पताल लगेका थिए। कान्तिले वीर अस्पतालमा रिफर गरेपछि आधुनिक डिजिटल प्रविधिबाट टाउको र निधारको हड्डी निकालेर मिलाउने शल्यक्रिया गरिएको हो।
डा. किशोर भण्डारीका अनुसार डिजिटल प्रविधिको प्रयोगले शल्यक्रिया गर्दा जोखिम कम हुने र परिणाम सन्तोषजनक देखिएको छ। यस्ता शल्यक्रिया अझै दुर्लभ भए पनि वीर अस्पतालमा विगत पाँच वर्षदेखि नियमित रूपमा हुँदै आएका छन्।
‘क्रोनियोसिनोस्टोसिस’ समस्या के हो ?
शिशुहरूको टाउको विकासक्रममा कुनै कारणवश खप्पर समयअघि बन्द भएमा टाउको असामान्य देखिने, मस्तिष्कमा चाप बढ्ने, र अन्य स्वास्थ्य समस्या देखिन सक्छ। यस्तो अवस्थालाई ‘क्रोनियोसिनोस्टोसिस’ भनिन्छ, जुन झन्डै २५ सयमध्ये एक शिशुमा देखिन्छ।
डा. राजीव झाका अनुसार, यस्तो समस्या समयमै नपत्ता लागे वा उपचार नगरिए गम्भीर मानसिक र शारीरिक असर पर्न सक्छ। तसर्थ ३ देखि ८ महिनाको उमेरमै शल्यक्रिया गरिनु उपयुक्त हुन्छ।
यस्ता उपचार न्यून शुल्कमा वीर अस्पतालमा उपलब्ध भए पनि जानकारीको अभावले बिरामीको संख्या थोरै भएको डा. भण्डारी बताउँनुहुन्छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
