नेपाल हेल्थ न्युज, काठमाडौं । तौल घटाउने यात्रा धेरैको लागि निराश र स्वादहीन खानेकुराको कारणले निरन्तरता दिन गाह्रो हुन सक्छ। तर स्वादिलो किण्वित (फर्मेन्टेड) खानेकुराले यो यात्रा स्वादिलो बनाउँदै स्वास्थ्यलाई सघाउन सक्छ। किण्वित खानेकुरा केवल स्वाद मात्र होइन, पाचन प्रणालीलाई सुधार्न, रक्त चिनीको स्तरलाई नियन्त्रणमा राख्न र तौल घटाउन सहयोग पुर्याउँछ।
पछिल्ला केही वर्षमा किण्वित खानेकुराले धेरै चर्चा पाएका छन्। यद्यपि यी परिकार सदियौंअघिदेखि प्रयोग हुँदै आएका छन्, आजको सन्दर्भमा यी खाना स्वाद र स्वास्थ्य दुवैको दृष्टिकोणले लाभदायी छन्।
भारतको इन्स्टिट्युट अफ न्यूट्रिशन एण्ड फिटनेस साइन्सेस र अष्ट्रेलियाको हेल्थ एण्ड फिटनेस का एक्सरसाइज तथा न्यूट्रिशन कोच, वर्णित यादवले सुझाएका ६ किण्वित खानेकुरा यस्ता छन्
१. मिसो
सोयाबिनबाट बनाइएको जापानी किण्वित पेस्ट हो। यसले फाइबर र प्रोटिन प्रदान गर्छ भने, प्रोबायोटिकको माध्यमबाट आन्द्राको स्वास्थ्य सुधार्न सहयोग गर्छ। मिसोमा कम क्यालोरी र उच्च फाइबर हुन्छ, जुन भोक कम गर्न र ओभरइटिङ नियन्त्रण गर्न सघाउँछ, कोच यादव भन्छन्।
२. सुशी
यसमा भिनेगर मिसाइएको चामल र अचारको अदुवा हुन्छ, जसले पाचनमा सहायता पुर्याउँछ। प्रोटिन र स्वस्थ बोसोयुक्त सि–फुड मिलेर बनेको यो कम क्यालोरीयुक्त परिकार हो, जुन डायेटमा उपयुक्त मानिन्छ।

३. नाट्टो
किण्वित सोयाबिनबाट बनेको जापानी परिकार हो, जसले आन्द्रामा फाइदा पुग्ने ब्याक्टेरिया बढाउँछ। नाट्टो सबैका लागि उपयुक्त नहुन सक्छ, त्यसैले न्यूट्रिशनिस्टको सल्लाहमा मात्र खानु उपयुक्त हुन्छ, कोच यादव बताउँछन्।

४. काञ्जी
बीट, गाजर र अन्य तरकारीबाट बनाइने यो किण्वित पेय दक्षिण भारतमा लोकप्रिय छ। भिटामिन सी, ए र के पोटासियम, फाइबर तथा एन्टिअक्सिडेन्टले भरिपूर्ण यो पेय तौल घटाउन सहयोगी मानिन्छ।

५. कम्बुचा
कालो वा हरियो चियाबाट बनाइएको यो किण्वित पेय हालका दिनमा लोकप्रिय भएको छ। यसमा पोलिफेनोल्स र प्रोबायोटिक हुन्छ, जसले शरीरमा सूजन घटाउँछ र पाचन सुधार गर्छ। कम्बुचामा चिनी कम भएको संस्करण छनोट गर्नु र स्वस्थ खानपान तथा नियमित व्यायामको साथमा सेवन गर्नु उपयुक्त हुन्छ, यादव सुझाउँछन्।

६. किम्ची
कोरियन परिकार किम्ची स्वादिलो मात्र होइन, पाचन सुधार्न र गुट माइक्रोबायोम सन्तुलन गर्न मद्दत गर्छ। नेशनल लाइब्रेरी अफ मेडिसिन अनुसार, म्याच्योर (पुरानो) किम्चीले शरीरको तौल घटाउन र मेटाबोलिज्म सुधार गर्न मद्दत गर्न सक्छ।

तौल घटाउन किण्वित खानेकुराको भूमिका
कोच यादवका अनुसार, “साना तर नियमित रूपमा यी खानेकुरालाई आफ्नो डाइटमा समावेश गर्नाले ठूलो प्रभाव पार्न सक्छ। यसले पाचन सुधार्ने, गुट हेल्थ सन्तुलनमा राख्ने र भोक नियन्त्रण गर्न सहयोग गर्छ।” यदि तपाईं नयाँ प्रकारको किण्वित खाना सेवन गर्न लाग्नु भएको छ भने, सुरुमा आफ्नो शरीरको प्रतिक्रिया जाँच गर्नुहोस्। यी पोषणयुक्त खानेकुरा यदि सोचविचारसाथ, सन्तुलित डाइट र नियमित व्यायामको साथ प्रयोग गरिएमा तौल घटाउन र पाचन सुधार गर्न निकै लाभदायक हुन सक्छन्।
प्यालियटिभकेयरः जीवनको गरिमा र सम्मानको यात्रा
बिहीबार, जेठ १५, २०८२
