नेपाल हेल्थ न्युज, काठमाडौं । निजामती कर्मचारी अस्पतालका कार्यकारी प्रमुख प्रा. डा. मोहन चन्द्र रेग्मी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थबीच नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
यस समझदारीअनुसार अस्पतालले सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने, सुशासन प्रवर्द्धन गर्ने, पारदर्शी वित्तीय प्रणाली अपनाउने तथा दक्ष जनशक्ति परिचालन गर्नुपर्नेछ। साथै, प्रविधिमैत्री स्वास्थ्य सेवा प्रदान गर्दै अस्पताल व्यवस्थापनमा कार्यकुशलता अभिवृद्धि गर्नु पर्ने अपेक्षा गरिएको छ।
यो सम्झौताले सार्वजनिक संस्थाहरूमा कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई थप मजबुत बनाउँदै नेतृत्व तहका पदाधिकारीहरूको जिम्मेवारी स्पष्ट पार्ने लक्ष्य लिएको छ।
सम्झौता सम्पन्न भएपछि सचिव पन्थले अस्पतालमा उपलब्ध हुने सेवा र यसको गुणस्तर उकास्ने दिशामा सकारात्मक प्रयास गरिने बताउनुभएको छ। उहाँले नागरिकलाई लक्षित गर्दै पारदर्शी र जवाफदेही सेवा प्रणालीलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, कार्यकारी निर्देशक रेग्मीले सम्झौतामा उल्लेख गरिएका प्रतिबद्धताहरूलाई पूरा गर्न आफू पूर्ण रूपमा समर्पित भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
