नेपाल हेल्थ न्युज, बैतडी । सुदूरपश्चिमको बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्यचौकीमा कार्यरत एक २४ वर्षीया अनमी (सहायक नर्स मिडवाइफ) मृत भेटिएकी छिन्।
भागरथी कुँवर नामकी ती स्वास्थ्यकर्मी आइतबार साँझ आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। कार्यस्थल टाढा भएका कारण उनी स्थानीय रूपमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।
गत वैशाखमा वैवाहिक जीवनमा बाँधिएकी भागरथीका श्रीमान नेपाली सेनामा कार्यरत छन्। समुदायमा स्वास्थ्य सेवा पुर्याउँदै आएकी ती युवतीको यसरी भएको मृत्युले स्थानीयवासीहरू स्तब्ध भएका छन्।
घटना थाहा पाएपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
