नेपाल हेल्थ न्युज, काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । एक हप्तासम्म चिनियाँ सरकारको प्रतिनिधिमण्डलले दुई हप्तासम्म अस्पतालमा बसी सम्भाव्य अध्ययन गरेर अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा स्तरोन्नति गर्ने भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीले चीन सरकारले अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा ‘तेस्रो फेज’का लागि थप दुई सय शय्या बनाउने जानकारी दिनुभयो । यसअघि चीन सरकारले अस्पतालको ‘पहिलो फेज’ अन्तर्गत १३२ शय्या र ‘दोस्रो फेज’ अन्तर्गत ३०० शय्या बनाएको थियो ।
दुई सय शय्याको अत्याधुनिक भवन अहिले अस्पताल प्रशासनको रहेको भवन भत्काएर बन्ने छ । नयाँ अत्याधुनिक भवन बनेपछि ५०० शय्याको अस्पताल बन्ने छ । सरकारले अस्पताललाई विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । अस्पताललाई सुरुदेखि नै चीन सरकारले निर्माण गर्दै आइरहेको छ ।
नयाँ अत्याधुनिक भवनमा एमआरआई, नयाँ सिटी स्क्यान खरिद राखिनाका साथै उच्च प्रविधि जडान गरिने कार्यकारी निर्देशक डा. रेग्मीले जानकारी दिनुभयो । अस्पतालमा अहिले ४०० जना बहिरङ्ग सेवाको क्षमता भए पनि एक हजार जना बिरामीको उपचार गर्न आउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा मुटु, क्यान्सरजस्ता रोगको विशिष्टीकृत विशेषज्ञद्वारा उपचार गरिन्छ ।
अस्पतालमा मुटुको उपचारका लागि ‘क्याथल्याब’को सेवा सुरु तयारी गरेको उहाँले बताउनुभयो । यो वर्षभरिमा क्याथल्याब स्थापना गरेर आगामी वैशाखदेखि क्याथल्याब सञ्चालन गर्ने उहाँले बताउनुभयो । ‘प्रेसर भएर मुटुमा असर परेका, मुटुको भल्ब बन्द भएको बेला ‘क्याथल्याब’ सेवाबाट उपचार गरिन्छ, धेरै मुटुका बिरामीलाई क्याथल्याबबाट उपचार गरिन्छ । क्याथल्याबबाट नहुनेलाई शल्यक्रियाबाट उपचार गरिन्छ,’ उहाँले भन्नुभयो ।
यसैगरी, कार्यकारी निर्देशक डा. रेग्मीले क्यान्सरको सेवालाई ‘ब्राकीथेरापी’ सेवा पनि सुरु गर्ने तयारी गरेको छ । ‘रेडिसनको उपकरण शरीरमा नै राखेर विकिरणद्वारा क्यान्सरको उपचार गर्ने प्रविधि हो,’ उहाँले भन्नुभयो, ‘यसले क्यान्सर उपचारमा राम्रो छ ।’
कार्यकारी निर्देशक डा। रेग्मीले अस्पताललाई ‘पूर्ण डिजिटिलाइजेसन’मा लैजानका लागि यस वर्ष आधार तयार गर्ने र अर्को वर्ष कार्यान्वयनमा लैजान जानकारी दिनुभयो ।
‘बिरामीको प्रयोगशाला रिपोर्ट बोकेर हिँड्नुपर्ने अन्त्य गर्ने गरिरहेका छौँ । बिरामीको मोबाइलमा रिपोर्टको जानकारी आउने छ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि बिरामी चिकित्सक जाने र चिकित्सकले आफ्नो कम्प्युटरमा आफैँ हेर्नेछन् ।’
यसैगरी, अस्पतालले महिलाको आङ खस्ने र महिलाको पिसाब चुहिने समस्याको उपचारका लागि राष्ट्रिय केन्द्र (रेफरल अस्पताल) का रूपमा विकास गर्ने थालिएको उहाँको भनाइ छ । ‘जनशक्ति तालिम दिएर र प्रविधिबाट उपचार गर्ने ती महिलाका समस्याको उपचार निःशुल्क गर्ने तयारीमा छौँ,’ उहाँले भन्नुभयो ।
सरकारी अस्पतालमध्ये यस अस्पतालले मात्र सङ्क्रामक रोगको अनुवांशिक अध्ययन हुने गरेको उहाँले बताउनुभयो । यस्तै, अस्पतालले प्रतिष्ठान बनाउने तयारी गरेको छ । अहिले प्रतिष्ठान नभएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सम्बन्धन लिएर चिकित्साका कक्षा सञ्चालन गरिरहेको छ । अस्पतालमा अहिले दैनिक एक हजार बिरामी उपचारका लागि आउने गर्दछन् ।
नेपाल स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा रामजी घिमिरे पुनः चयन
सोमबार, मंसिर २९, २०८२
वीर्यदातामा क्यान्सरको जोखिम बढाउने जीन भेटिएपछि युरोपमा तरंग
सोमबार, मंसिर २९, २०८२
स्वास्थ्य र सामाजिक रूपान्तरणका लागि महिला शिक्षामा जोड : मन्त्री शर्मा
सोमबार, मंसिर २९, २०८२
