नेपाल हेल्थ न्युज, काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । एक हप्तासम्म चिनियाँ सरकारको प्रतिनिधिमण्डलले दुई हप्तासम्म अस्पतालमा बसी सम्भाव्य अध्ययन गरेर अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा स्तरोन्नति गर्ने भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीले चीन सरकारले अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा ‘तेस्रो फेज’का लागि थप दुई सय शय्या बनाउने जानकारी दिनुभयो । यसअघि चीन सरकारले अस्पतालको ‘पहिलो फेज’ अन्तर्गत १३२ शय्या र ‘दोस्रो फेज’ अन्तर्गत ३०० शय्या बनाएको थियो ।
दुई सय शय्याको अत्याधुनिक भवन अहिले अस्पताल प्रशासनको रहेको भवन भत्काएर बन्ने छ । नयाँ अत्याधुनिक भवन बनेपछि ५०० शय्याको अस्पताल बन्ने छ । सरकारले अस्पताललाई विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । अस्पताललाई सुरुदेखि नै चीन सरकारले निर्माण गर्दै आइरहेको छ ।
नयाँ अत्याधुनिक भवनमा एमआरआई, नयाँ सिटी स्क्यान खरिद राखिनाका साथै उच्च प्रविधि जडान गरिने कार्यकारी निर्देशक डा. रेग्मीले जानकारी दिनुभयो । अस्पतालमा अहिले ४०० जना बहिरङ्ग सेवाको क्षमता भए पनि एक हजार जना बिरामीको उपचार गर्न आउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा मुटु, क्यान्सरजस्ता रोगको विशिष्टीकृत विशेषज्ञद्वारा उपचार गरिन्छ ।
अस्पतालमा मुटुको उपचारका लागि ‘क्याथल्याब’को सेवा सुरु तयारी गरेको उहाँले बताउनुभयो । यो वर्षभरिमा क्याथल्याब स्थापना गरेर आगामी वैशाखदेखि क्याथल्याब सञ्चालन गर्ने उहाँले बताउनुभयो । ‘प्रेसर भएर मुटुमा असर परेका, मुटुको भल्ब बन्द भएको बेला ‘क्याथल्याब’ सेवाबाट उपचार गरिन्छ, धेरै मुटुका बिरामीलाई क्याथल्याबबाट उपचार गरिन्छ । क्याथल्याबबाट नहुनेलाई शल्यक्रियाबाट उपचार गरिन्छ,’ उहाँले भन्नुभयो ।
यसैगरी, कार्यकारी निर्देशक डा. रेग्मीले क्यान्सरको सेवालाई ‘ब्राकीथेरापी’ सेवा पनि सुरु गर्ने तयारी गरेको छ । ‘रेडिसनको उपकरण शरीरमा नै राखेर विकिरणद्वारा क्यान्सरको उपचार गर्ने प्रविधि हो,’ उहाँले भन्नुभयो, ‘यसले क्यान्सर उपचारमा राम्रो छ ।’
कार्यकारी निर्देशक डा। रेग्मीले अस्पताललाई ‘पूर्ण डिजिटिलाइजेसन’मा लैजानका लागि यस वर्ष आधार तयार गर्ने र अर्को वर्ष कार्यान्वयनमा लैजान जानकारी दिनुभयो ।
‘बिरामीको प्रयोगशाला रिपोर्ट बोकेर हिँड्नुपर्ने अन्त्य गर्ने गरिरहेका छौँ । बिरामीको मोबाइलमा रिपोर्टको जानकारी आउने छ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि बिरामी चिकित्सक जाने र चिकित्सकले आफ्नो कम्प्युटरमा आफैँ हेर्नेछन् ।’
यसैगरी, अस्पतालले महिलाको आङ खस्ने र महिलाको पिसाब चुहिने समस्याको उपचारका लागि राष्ट्रिय केन्द्र (रेफरल अस्पताल) का रूपमा विकास गर्ने थालिएको उहाँको भनाइ छ । ‘जनशक्ति तालिम दिएर र प्रविधिबाट उपचार गर्ने ती महिलाका समस्याको उपचार निःशुल्क गर्ने तयारीमा छौँ,’ उहाँले भन्नुभयो ।
सरकारी अस्पतालमध्ये यस अस्पतालले मात्र सङ्क्रामक रोगको अनुवांशिक अध्ययन हुने गरेको उहाँले बताउनुभयो । यस्तै, अस्पतालले प्रतिष्ठान बनाउने तयारी गरेको छ । अहिले प्रतिष्ठान नभएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सम्बन्धन लिएर चिकित्साका कक्षा सञ्चालन गरिरहेको छ । अस्पतालमा अहिले दैनिक एक हजार बिरामी उपचारका लागि आउने गर्दछन् ।
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
