नेपाल हेल्थ न्युज, काठमाडौं । डा. गोविन्द केसीले कैलालीको गेटामा जारी राखेको अनशनलाई निरन्तरता दिने बताउनुभएको छ। उहाँले १५ भदौमा अनशन सुरु गर्दा आज १७ भदौसम्मका लागि बस्ने घोषणा गर्नुभएको थियो, तर हाल आएर अनशन जारी राख्ने निर्णय लिनुभएको छ।
आज बिहान उहाँले स्वास्थ्यकर्मी, चिकित्सक तथा शुभेच्छुकहरूलाई अनशन जारी राख्ने जानकारी दिनुभएको हो। उहाँको स्वास्थ्य स्थिति दिन प्रतिदिन जटिल बन्दै गएको जनाइएको छ।
स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको रगतमा चिनीको मात्रा ३७ एमजीरडीएल मात्र देखिएको छ, जुन निकै न्यून हो। साथै, मुटुको धड्कन असामान्य भएको, मांसपेशी दुख्ने, बाउडिने जस्ता लक्षण देखापरेको बताइएको छ। स्वास्थ्यकर्मीहरूले उहाँलाई थप उपचारको सिफारिस गरे पनि उहाँले अस्वीकार गर्नुभएको छ।
डा. केसीले अनशनमार्फत विभिन्न मागहरू राख्नुभएको छ, जसमा निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट वृद्धि गर्ने निर्णय फिर्ता लिनु, शैक्षिक संस्थाहरूमा पदाधिकारी नियुक्तिका लागि एकीकृत मापदण्डसहितको कानून पास गर्नुपर्ने, भारतद्वारा अतिक्रमित लिपुलेक लगायतका भूमि फिर्ता गरिनुपर्ने, युक्रेन र गाजामा भइरहेका हिंसात्मक युद्धहरू अन्त्य गरिनुपर्ने लगायतका विषय छन्। हालसम्म सम्बन्धित निकायबाट कुनै औपचारिक प्रतिक्रिया नआएको जनाइएको छ। डा. केसीको यो २३ औं अनशन हो।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
