नेपाल हेल्थ न्युज, काठमाडौं । डा. गोविन्द केसीले कैलालीको गेटामा जारी राखेको अनशनलाई निरन्तरता दिने बताउनुभएको छ। उहाँले १५ भदौमा अनशन सुरु गर्दा आज १७ भदौसम्मका लागि बस्ने घोषणा गर्नुभएको थियो, तर हाल आएर अनशन जारी राख्ने निर्णय लिनुभएको छ।
आज बिहान उहाँले स्वास्थ्यकर्मी, चिकित्सक तथा शुभेच्छुकहरूलाई अनशन जारी राख्ने जानकारी दिनुभएको हो। उहाँको स्वास्थ्य स्थिति दिन प्रतिदिन जटिल बन्दै गएको जनाइएको छ।
स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको रगतमा चिनीको मात्रा ३७ एमजीरडीएल मात्र देखिएको छ, जुन निकै न्यून हो। साथै, मुटुको धड्कन असामान्य भएको, मांसपेशी दुख्ने, बाउडिने जस्ता लक्षण देखापरेको बताइएको छ। स्वास्थ्यकर्मीहरूले उहाँलाई थप उपचारको सिफारिस गरे पनि उहाँले अस्वीकार गर्नुभएको छ।
डा. केसीले अनशनमार्फत विभिन्न मागहरू राख्नुभएको छ, जसमा निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट वृद्धि गर्ने निर्णय फिर्ता लिनु, शैक्षिक संस्थाहरूमा पदाधिकारी नियुक्तिका लागि एकीकृत मापदण्डसहितको कानून पास गर्नुपर्ने, भारतद्वारा अतिक्रमित लिपुलेक लगायतका भूमि फिर्ता गरिनुपर्ने, युक्रेन र गाजामा भइरहेका हिंसात्मक युद्धहरू अन्त्य गरिनुपर्ने लगायतका विषय छन्। हालसम्म सम्बन्धित निकायबाट कुनै औपचारिक प्रतिक्रिया नआएको जनाइएको छ। डा. केसीको यो २३ औं अनशन हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२
