नेपाल हेल्थ न्युज, दाङ । राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरको प्राङ्गणमा सञ्चालित कालिकादेवी रक्त सञ्चार केन्द्रमा आवश्यक रक्त वर्गीकरण मेसिन (कम्पोनेन्ट सेपरेटर) नहुँदा बिरामीहरू आवश्यकतानुसारको रगत पाउनबाट वञ्चित हुँदै आएका छन्।
विसं २०७४ देखि सञ्चालनमा रहेको केन्द्रमा अहिले पनि केवल रगत सुरक्षित राख्न प्रयोग गरिने फ्रिज मात्र उपलब्ध छ। केन्द्रका इन्चार्ज नरेश चौधरीका अनुसार, रक्त वर्गीकरण मेसिन नहुँदा धेरैजसो बिरामीलाई आवश्यक रक्त घटक (जस्तै सेतो रक्तकोषिका, प्लेटलेट्स) दिन सकिएको छैन।
मासिक २० भन्दा बढी बिरामीलाई सेतो रक्तकोषिका आवश्यक पर्ने भए पनि त्यसको अभावमा हामीले होलब्लड नै दिनुपरेको अवस्था छ, चौधरीले बताउनुभयो। उहाँका अनुसार, अत्यावश्यक अवस्थामा घोराही वा नेपालगन्जबाट रगत ल्याउनुपर्ने बाध्यता रहेको छ।
रक्त वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिनले रगतलाई विभिन्न घटकहरू रातो रक्तकोषिका, सेतो रक्तकोषिका, प्लेटलेट्स, प्लाज्मा मा छुट्याउन सकिन्छ, जसले आवश्यकतानुसार बिरामीलाई लक्षित उपचार गर्न सहज बनाउँछ।
हाल दाङ जिल्लामा यस्तो मेसिन रेडक्रसले सञ्चालन गरेको घोराहीस्थित रक्त सञ्चार केन्द्रमा मात्र छ। नेपाल रेडक्रस सोसाइटी, दाङ शाखाका अधिकृत विश्राम अधिकारीका अनुसार, उक्त मेसिन प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको संयुक्त लागतमा झण्डै ३५ लाख रुपैयाँ खर्च गरेर स्थापना गरिएको हो।
त्यो मेसिन बिग्रिएमा भने बुटवल वा नेपालगन्ज जानुपर्ने अवस्था आउँछ, अधिकारीले भने, जिल्लामा एक मात्रै कम्पोनेन्ट मेसिन भएकाले धेरैजसो बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था पनि आएको छ।
स्वास्थ्य सेवा प्रवाहमा अत्यन्तै महत्त्वपूर्ण मानिने रक्त वर्गीकरण मेसिनको अभावले गर्दा तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालबाट सेवा लिन आउने सर्वसाधारणले सास्ती भोग्नु परिरहेको छ। स्थानीय तथा प्रदेश सरकारको ध्यान सो समस्यातर्फ केन्द्रित हुनुपर्ने माग उठ्न थालेको छ।
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
