नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल कलेजमा न्युरो सर्जन र शल्यक्रिया कक्षमा कार्यरत नर्सहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने प्रयोगात्मक कार्यशाला सम्पन्न गरिएको छ । न्युरो सर्जरी र स्पाइनल रोगीहरूको उपचारलाई अझ प्रभावकारी बनाउन उक्त कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालामा सहभागिता जनाउँदै नेपाल मेडिकल कलेजकी न्युरो सर्जन डा. माया भट्टचनले जिउँदो बिरामीमा शल्यक्रिया गर्दा हुने सम्भावित गल्ती कम गर्न शवमा एनाटोमी अभ्यास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नसाहरू जोगाउने तरिका र शल्यक्रियालाई अझ सुरक्षित तथा प्रभावकारी बनाउन यस्ता अभ्यास अत्यन्त उपयोगी हुने गर्दछ ।

कलेजको न्युरो सर्जरी विभागका विभागीय प्रमुख प्रा. डा. कृष्ण शर्माको अगुवाइमा आयोजित कार्यशालामा देशका विभिन्न भागका न्युरो सर्जन र शल्यक्रिया कक्षमा कार्यरत नर्सहरूको सहभागिता रहेको थियो । कलेजले शल्यक्रियाका उपकरण, प्राविधिक सहयोग र पोर्टेबल एक्स–रे उपलब्ध गराएको थियो ।
प्रा.डा. शर्मा न्युरोसर्जरी स्पाइनल सर्जरी च्याप्टरका प्रथम अध्यक्ष समेत हुनुहुन्छ । उहाँका अनुसार यसअघि विभिन्न स्थानमा कार्यशाला सञ्चालन भए पनि नेपाल मेडिकल कलेजमा भने पहिलो पटक भएको हो ।
कार्यशालामा न्युरो सर्जन र नर्स गरी ३७ जनाको सहभागिता रहेको थियो । संयोजन प्रा. डा। कृष्ण शर्मा, डा. माया भट्टचन, डा. सुमन रिजाल र डा. सुसन श्रेष्ठले गर्नुभएको थियो ।

कार्यशालामा काठमाडौं मेडिकल कलेजका डा. अमित थापा, अन्नपूर्ण न्युरो अस्पतालका डा. समिर आचार्य, ट्रमा सेन्टरका डा. निलम खड्का र डा. सोमराज लामिछाने, न्युरो बाँसबारीका डा.सुरज थुलुङ, मणिपाल मेडिकल कलेज पोखराका डा. बालगोपाल कर्माचार्य, त्रिवि शिक्षण अस्पतालका डा. अमित प्रधानाङ्ग, नेपाल मेडिसिटीका डा.प्रकाश पौडेल लगायतको सहभागिता रहेको थियो ।
नेपाल मेडिकल कलेजले न्युरो तथा स्पाइनल सर्जनहरूको सीप विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यशाला निरन्तर गर्ने योजना बनाएको जनाएको छ ।

बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

