नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल कलेजमा न्युरो सर्जन र शल्यक्रिया कक्षमा कार्यरत नर्सहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने प्रयोगात्मक कार्यशाला सम्पन्न गरिएको छ । न्युरो सर्जरी र स्पाइनल रोगीहरूको उपचारलाई अझ प्रभावकारी बनाउन उक्त कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालामा सहभागिता जनाउँदै नेपाल मेडिकल कलेजकी न्युरो सर्जन डा. माया भट्टचनले जिउँदो बिरामीमा शल्यक्रिया गर्दा हुने सम्भावित गल्ती कम गर्न शवमा एनाटोमी अभ्यास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नसाहरू जोगाउने तरिका र शल्यक्रियालाई अझ सुरक्षित तथा प्रभावकारी बनाउन यस्ता अभ्यास अत्यन्त उपयोगी हुने गर्दछ ।

कलेजको न्युरो सर्जरी विभागका विभागीय प्रमुख प्रा. डा. कृष्ण शर्माको अगुवाइमा आयोजित कार्यशालामा देशका विभिन्न भागका न्युरो सर्जन र शल्यक्रिया कक्षमा कार्यरत नर्सहरूको सहभागिता रहेको थियो । कलेजले शल्यक्रियाका उपकरण, प्राविधिक सहयोग र पोर्टेबल एक्स–रे उपलब्ध गराएको थियो ।
प्रा.डा. शर्मा न्युरोसर्जरी स्पाइनल सर्जरी च्याप्टरका प्रथम अध्यक्ष समेत हुनुहुन्छ । उहाँका अनुसार यसअघि विभिन्न स्थानमा कार्यशाला सञ्चालन भए पनि नेपाल मेडिकल कलेजमा भने पहिलो पटक भएको हो ।
कार्यशालामा न्युरो सर्जन र नर्स गरी ३७ जनाको सहभागिता रहेको थियो । संयोजन प्रा. डा। कृष्ण शर्मा, डा. माया भट्टचन, डा. सुमन रिजाल र डा. सुसन श्रेष्ठले गर्नुभएको थियो ।

कार्यशालामा काठमाडौं मेडिकल कलेजका डा. अमित थापा, अन्नपूर्ण न्युरो अस्पतालका डा. समिर आचार्य, ट्रमा सेन्टरका डा. निलम खड्का र डा. सोमराज लामिछाने, न्युरो बाँसबारीका डा.सुरज थुलुङ, मणिपाल मेडिकल कलेज पोखराका डा. बालगोपाल कर्माचार्य, त्रिवि शिक्षण अस्पतालका डा. अमित प्रधानाङ्ग, नेपाल मेडिसिटीका डा.प्रकाश पौडेल लगायतको सहभागिता रहेको थियो ।
नेपाल मेडिकल कलेजले न्युरो तथा स्पाइनल सर्जनहरूको सीप विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यशाला निरन्तर गर्ने योजना बनाएको जनाएको छ ।

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
