नेपाल हेल्थ न्युज, काठमाडौँ। देशका ७५ जिल्लामा हालसम्म ५,३७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ। डोल्पा र मनाङबाहेक सबै जिल्लामा डेङ्गु देखिएको छ।
इडिसिडीका डा. गोकर्ण दाहालका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा १,३३३ जना संक्रमित छन्। त्यसपछि बागमतीमा १,२६१, लुम्बिनीमा ९४१, कोशीमा ७६१, सुदूरपश्चिममा ६४५, कर्णालीमा ३२० र मधेशमा ११७ जना संक्रमित छन्।
डेङ्गुका कारण हालसम्म दुई जनाको मृत्यु भएको छ। चिकित्सकहरूले कात्तिकसम्म संक्रमणको जोखिम उच्च रहने भन्दै सचेत रहन आग्रह गरेका छन्।
डेङ्गु एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। उच्च ज्वरो, शरीर दुख्ने, आँखाको गेडी र टाउको दुख्ने, राता बिमिरा आउनु, वाकवाकी वा वान्ता हुनेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य केन्द्रमा जान चिकित्सक डा। शेरबहादुर पुनले सुझाव दिएका छन्।
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

