नेपाल हेल्थ न्युज, काठमाडौं । प्यालियटिभ केयर सेवाको पहुँच बिस्तार गर्ने उद्देश्यले भक्तपुर क्यान्सर अस्पतालले ‘बीसीएच प्यालियटिभ केयर कोष’ गठन गर्ने घोषणा गरेको छ। विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममार्फत उक्त घोषणा गरिएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सर पीडित आर्थिक रूपले कमजोर बिरामीहरूलाई निशुल्क सेवा प्रदान गर्ने लक्ष्यसहित कोष स्थापना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार जीवनको अन्तिम चरणमा रहेका व्यक्तिहरूलाई सम्मान, माया र सहानुभूति प्रदान गर्नु सबैको सामाजिक र नैतिक जिम्मेवारी हो।
डा. चालिसेले निकट भविष्यमा नेपालभर प्यालियटिभ सेवा विस्तार गर्ने दीर्घकालीन योजना रहेको बताउँदै हाल सञ्चालनमा रहेको इकाइलाई अझ प्रभावकारी बनाइने पनि उल्लेख गर्नुभयो। भक्तपुर क्यान्सर अस्पतालमा सर्जरी, विकिरण, किमोथेरापी, इम्युनोथेरापी, प्रयोगशाला, सिटी स्क्यानजस्ता सेवा पहिल्यै उपलब्ध छन् भने यसै वर्षदेखि पिट स्क्यान सेवा थपिने तयारीमा छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारद्वारा स्वीकृत २०२५–२०३५ राष्ट्रिय प्यालियटिभ केयर रणनीतिले देशव्यापी सेवा प्रवाहमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा मिस नेपाल २०२५ लुना लुइटेलले प्यालियटिभ केयरलाई चिकित्सकीय सेवाभन्दा परको, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको अभियानको रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो।
कोषमा सहयोग गर्ने घोषणासमेत कार्यक्रममै गरिएको थियो। लायन्स क्लब अफ बागमती क्यान्सर केयरले एक लाख, डीके मेडी सेल्सले पाँच लाख बराबरको औषधि सामग्री, पूर्व–पश्चिम चिन्ताले दुई लाख, र श्रीमती उषा दीक्षितले एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा डा. चाँदनी वैद्य, डा. सुदीप श्रेष्ठ, डा. आरती शाह र प्रा. डा. विष्णुदत्त पौडेल लगायतका अग्रजहरूद्वारा प्यालियटिभ केयर क्षेत्रमा पुर्याइएको योगदानको समेत स्मरण गरिएको थियो।
भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग
सोमबार, भदौ २९, २०८३
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
