नेपाल हेल्थ न्युज, काठमाडौं । पशु स्वास्थ्यसम्बन्धी औषधि उत्पादनमा सक्रिय कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) का सञ्चालक हेमराज बडाल (ऋषि) लाई प्रहरीले पक्राउ गरेको छ।
केपीएल नेपालमा भेटरिनरी औषधि उत्पादन गर्ने प्रमुख कम्पनीमध्ये एक हो, जसले पशु स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार, भन्सार दस्तुर लाग्ने औषधि आयातका लागि किर्ते सिफारिस पत्र तयार पारिएको अभियोगमा बडाललाई पक्राउ गरिएको हो। साथै, दर्ता नै नभएका केही औषधिहरू आयात गरिएको आरोप पनि छ।
प्रहरीले बडाललाई बिहीबार साँझ काठमाडौंको बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएको हो। यसअघि, २४ असोजमा बडालकी पत्नी सुना सुवेदीलाई पनि सोही प्रकरणमा पक्राउ गरिएको थियो।
यस सम्बन्धमा कान्तिपुर भेट डिष्ट्रिब्युटर्स प्रालिविरुद्ध लिखतसम्बन्धी मुद्दा दर्ता भइसकेको छ। जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सीआईबीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
