नेपाल हेल्थ न्युज, काठमाडौं । आन्दोलनरत नर्सहरूको एक असन्तुष्ट समूहले शनिबार भएको सहमति प्रति असन्तुष्टि जनाउँदै आज नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालयमा घेराउ गरेको छ।
संघर्ष समितिले सरकार र नेपाल नर्सिङ संघबीच भएको सहमति आफूहरूको मागअनुसार नभएको भन्दै विरोध जनाएको हो। उनीहरूको भनाइमा, शनिबार साँझ भएको सम्झौताले आन्दोलनका मुख्य मागहरू बेवास्ता गरेको छ।
सो सहमतिअनुसार निजी मेडिकल कलेजका नर्सहरूलाई पाँचौँ तहका सरकारी नर्सको सरह ३४ हजार ७३० रुपैयाँ तलब दिने र निजी अस्पतालहरूले सो रकमको कम्तीमा ८० प्रतिशत दिनुपर्ने उल्लेख छ। असन्तुष्ट समूहले यसलाई ‘धोका’ भन्दै घेराउ गरेको हो।
नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्माले सम्झौतामा केही प्राविधिक विषय बाँकी रहेको र त्यसलाई कार्यदलले एक महिनाभित्र टुंगो लगाउने बताउनुभएको छ। उहाँका अनुसार संघ सधैं श्रमिक नर्सहरूको पक्षमा रहँदै आएको र सबै नर्सहरूलाई सहमति कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिएको छ।
सरकारी सेवा सुविधा बराबरको मागसहित सुरु भएको निजी क्षेत्रका नर्सहरूको आन्दोलन पछिल्ला दिनमा देशभर फैलिएको थियो। समस्या समाधानका लागि सरकारले कार्यदल गठन गरी वार्ता प्रक्रिया अघि बढाएको हो।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
