नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमाबाट पाइने निःशुल्क औषधि गुणस्तरीय भएको बताउनुभएको छ।
सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उहाँले स्वास्थ्य बीमाबाट पाइने निःशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरा भ्रमपूर्ण र गलत भएको त्यसमा विश्वास नगर्न आग्रह गर्नुभयो ।
निजी औषधी व्यवसायीहरु मध्ये कसैले भ्रमपूर्ण कुरा फैलाएको हुन सक्ने भएकाले सजक रहन उहाँले आग्रह गर्नुभयो । मन्त्री गौतमले बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।
बिमा कार्यक्रम अन्तर्गतको भूक्तानी नभएको गुनासो केहि अस्पतालबाट आएको भन्दै उहाँले त्यसलाई छिटै समाधान गर्ने बताउनुभयो । उहाँले सुशासन कायम गरेर सहज रुपमा सेवा दिनका लागि केन्द्रीत हुन आग्रह गर्नुभयो ।
मन्त्री गौतमले स्वास्थ्य केन्द्रमा औषधी नभएको गुनासो आइरहेको भन्दै स्थानीय तहले निशुल्क औषधी उपलव्ध पाउने अवस्था बनाउनुपर्ने र यसमा केन्द्रले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३

