नेपाल हेल्थ न्युज, बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । तालाबन्दीपछि आवश्यक काम अगाडि नबढ्दा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा औषधि अभाव भएको जनाइएको छ ।
स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको सुर्नया–३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले जानकारी दिनुभयो। औषधि अभावमा सामान्य चोटपटक लागेकालाई उपचार गर्न पनि समस्या भएको उहाँले बताउनुभयो ।
सोही स्वास्थ्य चौकीका ‘ल्याव असिस्टेन्ट’ नरेन्द्रसिंह विष्टले सामान्य सामाग्री पनि उपलब्ध नहुदा सुत्केरी सेवासमेत प्रभावित हुने अवस्था आएको बताउनुभयो।
गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराले पनि गाउँपालिकाअन्तर्गतका स्वास्थ्य चौकीबाट औषधिलगायत स्वास्थ्य उपकरण अभावबारे गुनासो आइरहेको बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य उपकरणसहित औषधि आपूर्तिका लागि बोलपत्र आह्वान गरिए पनि तालाबन्दीका कारण सम्झौता नहुँदा औषधि खरिद प्रक्रिया अघि बढाउन नसकिएको उहाँले जानकारी दिनुभयो ।
यहाँ आफूहरूले मागेको सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते ‘जेनजी’ पुस्ताका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । सहमतिका लागि छलफल भए पनि कुनै सहमति हुन नसक्दा स्वास्थ्यलगायत अत्यावश्यक सेवा प्रभावित भइरहेका छन् ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
