नेपाल हेल्थ न्युज, अछाम। सुदूरपश्चिम प्रदेश सरकारको मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठकलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यसअघि न्याय हेल्थमार्फत अस्पताल सञ्चालन हुँदै आएको समयमा पनि डा. पाठकले नै बयालपाटा अस्पतालको जिम्मेवारी सम्हाल्नुभएको थियो, र सोही अनुभवका आधारमा फेरि नेतृत्व सम्हाल्ने अवसर पाउनुभएको हो।
बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश, २०८२ अन्तर्गतको दफा ४(३) अनुसार तोकिएको अवधि अर्थात् तीन वर्षका लागि उहाँलाई नियुक्त गरिएको हो। कार्यकारी निर्देशकको पारिश्रमिक तथा सेवा–सुविधा प्रदेश सरकारकै ११औँ तह का कर्मचारी बराबर हुने व्यवस्था गरिएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२
निपाह भाइरसको सम्भावित जोखिमपछि सीमा नाकाहरूमा उच्च सतर्कता
शुक्रबार, माघ ९, २०८२ट्रेन्डिङ

