नेपाल हेल्थ न्युज, अछाम। सुदूरपश्चिम प्रदेश सरकारको मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठकलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यसअघि न्याय हेल्थमार्फत अस्पताल सञ्चालन हुँदै आएको समयमा पनि डा. पाठकले नै बयालपाटा अस्पतालको जिम्मेवारी सम्हाल्नुभएको थियो, र सोही अनुभवका आधारमा फेरि नेतृत्व सम्हाल्ने अवसर पाउनुभएको हो।
बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश, २०८२ अन्तर्गतको दफा ४(३) अनुसार तोकिएको अवधि अर्थात् तीन वर्षका लागि उहाँलाई नियुक्त गरिएको हो। कार्यकारी निर्देशकको पारिश्रमिक तथा सेवा–सुविधा प्रदेश सरकारकै ११औँ तह का कर्मचारी बराबर हुने व्यवस्था गरिएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
