नेपाल हेल्थ न्युज, डडेलधुरा । स्वास्थ्य क्षेत्रका प्रमुख उपलब्धि सूचकांकको वार्षिक मूल्यांकनमा डडेलधुरा जिल्ला सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट साबित भएको छ।
आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशका नौवटै जिल्ला स्वास्थ्य कार्यालयहरूको कार्यप्रगतिको समग्र समीक्षा गर्दा डडेलधुराले ८५ दशमलव २० अंक प्राप्त गर्दै पहिलो स्थानमा उक्लिएको हो। प्रगतिका आधारमा स्वास्थ्य निर्देशनालय, दिपायल डोटीले डडेलधुरा स्वास्थ्य कार्यालयलाई सम्मानसमेत प्रदान गरेको छ।
आइतबार सम्पन्न एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले स्वास्थ्य कार्यालय डडेलधुराका कार्यालय प्रमुख केशरबहादुर साउदलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो।
स्वास्थ्य सेवा प्रवर्द्धनमा निरन्तर सक्रिय रहेको स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा साझेदार संस्थाहरूको योगदान महत्त्वपूर्ण रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
‘सबैको साझा प्रयास र निरन्तर सहकार्यकै परिणामस्वरूप डडेलधुरा यस वर्ष प्रदेशमै अग्रस्थानमा पुग्न सफल भएको हो,’ कार्यालय प्रमुख साउदले भन्नुभयो। यस वर्षको मूल्यांकनअनुसार डोटी स्वास्थ्य कार्यालय दोस्रो स्थानमा रहँदा, कैलाली तेस्रोस्थानमा परेको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
