नेभिगेशन
सुरक्षित सर्जरी, छिटो रिकभरी, विश्वस्तरीय प्रविधि 

न्युरो अस्पताल बाँसबारीमा पाँचौँ युबीई प्रशिक्षण सम्पन्नः नेपालकै पहिलो ‘ट्रेनिङ सेन्टर अफ एक्सिलेन्स’

न्युरोसर्जरीको आधुनिक प्रविधिलाई नेपालमै स्थापित गर्ने यात्रामा एक अर्को महत्वपूर्ण उपलब्धि 

नेपाल हेल्थ न्युज, काठमाडौं। नेपालको आधुनिक स्नायु स्वास्थ्य विज्ञानका शिल्पी प्रा.डा. उपेन्द्र देवकोटाको परिकल्पनामा १९ वर्षअघि स्थापित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेस (न्युरो अस्पताल, बाँसबारी) ले न्युरोसर्जरीको आधुनिक प्रविधिलाई नेपालमै स्थापित गर्ने यात्रामा एक अर्को महत्वपूर्ण उपलब्धि हात पारेको छ ।


न्युरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेशनको सहकार्यमा सञ्चालन हुँदै आएको युबीई (युनिल्याटरल बाइ–पोर्टल एन्डोस्कोपिक) प्रशिक्षण कार्यक्रमको पाँचौँ संस्करण ‘मिनिमली इनभेसिभ एन्ड एन्डोस्कोपिक कोर्स अन न्युरोसर्जरी ’सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालका माइक्रोस्कोपिक स्पाइन न्युरोसर्जन डा. निकुञ्ज योगीको सक्रियतामा भएको यस प्रशिक्षण कार्यक्रममा भारतका चार जना वरिष्ठ शल्यचिकित्सकहरूको सहभागिता रहेको थियो । यसपटकको प्रशिक्षण कार्यक्रममा  चीनबाट वरिष्ठ प्राध्यापक चिनफेङ हु तथा  द फोर्थ एफिलियटेड हस्प्टिल, झेजियाङका टोलीहरू पनि गेस्ट फ्याकल्टीको रूपमा सहभागी हुनुभएको थियो । डा. हु ले युबीई विधिबाट सभाईकल डिस्केक्टोमी शल्यक्रिया प्रदर्शन गर्नुका साथै सहभागीहरूलाई प्रशिक्षण पनि प्रदान गर्नुभएको थियो । हालसम्म न्युरो बाँसबारीबाट विदेशी २२ जना शल्यचिकित्सकले सो प्रशिक्षण लिइसकेका छन् ।


अन्तर्राष्ट्रिय मान्यताः न्युरो अस्पताल ‘विशेष उत्कृष्ट प्रशिक्षण केन्द्र’ 
यो प्रशिक्षणको प्रभावकारिता तथा क्लिनिकल क्षमताको मूल्यांकनपछि इन्टरनेशनल यु–बी–इ सोसाइटीले सेप्टेम्वर २०२५ देखि न्युरो अस्पताललाई आधिकारिक रूपमा विशेष उत्कृष्ट प्रशिक्षण केन्द (ट्रेनिङ सेन्टर अफ एक्सिलेन्स)  को मान्यता प्रदान गरेको छ । यो उपलब्धिले नेपाललाई दक्षिण एसियामा युबीई स्पाइन सर्जरी प्रशिक्षण दिने देशहरूको अग्रपंक्तिमा उभ्याएको छ ।

अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाः उपेन्द्रको सपना अब विश्वसँग जोडिएको छ

अस्पतालकी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटा भन्नुहुन्छ—‘नेपालमै विश्वस्तरीय स्नायु उपचार उपलब्ध होस् भन्ने उपेन्द्रजीको सपना थियो । आज हामीले केवल त्यो कायम मात्र राखेका छैनौँ, यसलाई वैश्विक मान्यतासहित अझै प्रतिष्ठित केन्द्रका रूपमा उभ्याएका छौँ ।’ उहाँका अनुसार, न्युरोसर्जरीमा अत्याधुनिक उपकरण, प्रोटोकल र दक्ष जनशक्ति विकास नै अस्पतालको मुख्य प्राथमिकता हो ।neuro-bansbari-training-1763967760.jpg

स्पाइन न्युरोसर्जन डा. निकुञ्ज योगीः युबीईले स्पाइन सर्जरीलाई थप सुरक्षित र सहज बनायो

अस्पतालका माइक्रोस्कोपिक स्पाइन न्युरोसर्जन डा. निकुञ्ज योगी भन्नुहुन्छ— युबीई प्रविधिले पहिलो पटक नेपालमा न्यून कटान, न्यून रक्तस्राव र छिटो रिकभरीसहित अत्याधुनिक स्पाइन सर्जरी सम्भव भएको छ । रोगीका लागि सुरक्षा र आराम—दुवै दृष्टिकोणले यो भविष्यको प्रविधि हो ।’ उहाँका अनुसार, परम्परागत खुला शल्यक्रियाको तुलनामा युबीईले १ से.मि. भन्दा कम कटान, कम संक्रमण जोखिम, छिटो डिस्चार्ज जस्ता फाइदा दिएको छ ।


न्युरो अस्पतालः नेपालमै पहिलो अत्याधुनिक स्नायु सेवा ‘एकै छानामुनि’
न्युरो अस्पताल मस्तिष्क, मेरुदण्ड, स्नायु तथा मांसपेशीसम्बन्धी जटिल रोगहरूको उपचारमा समर्पित नेपालकै पहिलो केन्द्र हो । यहाँ उपलब्ध सबै सेवा—न्युरो–सर्जरी, न्युरोलोजी, न्युरो–इन्टरभेन्सन, न्युरो–एनेस्थेसिया,न्युरो–रेडियोलोजी, न्युरो–प्याथोलोजी, न्युरो–साइकेट्री तथा मनोरोग, न्युरो–अटोलोजी, फिजियोथेरापी, पेन क्लिनिक चौबीसै घण्टा एकै छानामुनि उपलब्ध छन् । यही हो प्रा.डा. उपेन्द्र देवकोटाको चिकित्सा दृष्टिकोणको अद्वितीय उदाहरण ।


फाउन्डेशनको उद्देश्यः शिक्षा, शोध र जनचेतनामै केन्द्रित

२०७९ फागुन १८ मा स्थापना भएको उपेन्द्र देवकोटा फाउन्डेशन स्नायु स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पु¥याउने उद्देश्यले शिक्षा र तालिम, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्य, स्नायु रोगबारे जनचेतना,नीतिगत वकालत, विपन्न बिरामीलाई उपचारमा सहयोग, पुनस्र्थापना तथा पुनर्वास केन्द्र स्थापनालगायतका क्षेत्रमा कार्यरत छ । 


भविष्यदृष्टिः नेपालमै विश्वस्तरीय स्नायु चिकित्सा
अत्याधुनिक प्रविधि भित्र्याउँदै आएको न्युरो अस्पतालले थ्री डी/एचडी न्युरो–एन्डोस्कोपी, हाइ–एन्ड न्युरो–माइक्रोस्कोप,न्युरो–नेभिगेशन, इन्ट्राअपरेटिभ न्युरो–मोनिटरिङ जस्ता उपकरण नेपालमै पहिलोपटक सञ्चालनमा ल्याएको छ । यसले सर्जरीको सुरक्षा, शुद्धता र विश्वसनीयता अभूतपूर्वरूपमा बढाएको छ ।


उपेन्द्र देवकोटाको चिकित्सा दर्शन अब वैश्विक मापदण्डमा
युवीई प्रशिक्षणको पाँचौँ संस्करण तथा प्राप्त अन्तर्राष्ट्रिय मान्यताले नेपालको न्युरो–सर्जरी सेवा एक नयाँ उचाइमा पुगेको प्रमाणित गरेको छ । अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटा भन्नुहुन्छ—‘यो उपलब्धि केवल अस्पतालको होइन, समग्र नेपाली स्नायु विज्ञानको उन्नतिको संकेत हो ।’


स्पाइन सर्जन डा. निकुञ्ज योगीको शब्दमा—‘अब हामी सिक्ने मात्र होइन, सिकाउने केन्द्रका रूपमा स्थापित भयौँ ।’
विश्वव्यापी रुपमा युबीई (युनिल्याटरल बाइ–पोर्टल एन्डोस्कोपिक) का उपकरण उत्पादन र विक्रीवितरण गर्ने एक मात्र बहुराष्ट्रिय चाइनिज कम्पनि बोन्स मेडिकल टेक्नोलोजीले न्युरो हस्पिटलको यो अभियानलाई सहजीकरण गरिरहेको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप टेक्नोलोजी अफ हेल्थ