नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले क्षयरोग नियन्त्रण र रोकथामलाई सुदृढ बनाउन आगामी पाँच वर्षका लागि नयाँ राष्ट्रिय रणनीतिक योजना निर्माण गर्ने तयारी गरेको छ।
सन् २०२६/२७ देखि २०३०/३१ सम्मका गतिविधि समेटिने गरी योजना तयार गरिँदैछ। यसअघि लागू हुँदै आएको सन् २०२१/२२ देखि २०२५/२६ सम्मको रणनीतिक योजनामा उल्लेखित मुख्य कामहरूलाई निरन्तरता दिंदै नयाँ लक्ष्य र रणनीति तय गर्न लागिएको राष्ट्रीय क्षयरोग नियन्त्रण केन्द्रका तथ्यांक निर्देशक वीरबहादुर रावलले जानकारी दिनुभयो।
नयाँ योजनाको प्रारम्भिक रूपरेखा बनाउन स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, अस्पताललगायत सरकारी तथा गैरसरकारी संस्थाका करिब ३० जना प्रतिनिधि सहभागी भएर छलफल गरेका छन्।
योजनासम्बन्धी दुईदिने गोष्ठी कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेको प्रमुख आतिथ्य र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो।
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग
सोमबार, भदौ २९, २०८३
