नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ न्युरो–सर्जन डा. बसन्त पन्त यस वर्षको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ बाट सम्मानित हनुभएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ‘फङ्सनल न्युरो सर्जरी’सहित आधुनिक स्नायु उपचार प्रविधिको विकासमा उल्लेखनीय भूमिका खेलेको भन्दै उहाँलाई यो सम्मान प्रदान गरेको हो।
डा. पन्त हाल माइतीघरस्थित अन्नपूर्ण न्युरोलोजिकल एलायन्स साइन्सेजमा कार्यरत हुनुहुन्छ। पुरस्कारसँग सम्बद्ध नगद रकम दुई लाख रुपैयाँ रहेको छ।
पुरस्कार ग्रहण गरेपछि डा. पन्तले प्राप्त रकम सामाजिक सेवा कार्यमा विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उहाँलाई सम्मानपत्र र पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।
प्रतिष्ठानको ४३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा. पन्तसहित अन्य व्यक्तिहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो।
चिकित्सा विज्ञानतर्फ वरिष्ठ रेडियोलोजिस्ट प्रा. डा. सुनिल प्रधान पुरस्कृत हुनुभएको छ । त्यसैगरी विज्ञान तथा प्रविधि पुरस्कार प्रा. डा. सुवोध शर्माले प्राप्त गर्नुभयो भने विज्ञानतर्फको सम्मान डा. रमेशराज पन्तले पाउनुभयो। काठमाडौं विश्वविद्यालयका प्रा. डा. सुधन झालाई प्रविधि पुरस्कार प्रदान गरिएको छ।
यस वर्ष प्रतिष्ठानले विज्ञान तथा प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने २८ जना व्यक्तित्व र संस्थालाई १३ विधामा विभिन्न पुरस्कार, सम्मान तथा कदरपत्र प्रदान गरेको जनाएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
