नेपाल हेल्थ न्युज, काठमाडौं। बालक्यान्सर उपचार सेवामा पहुँच र गुणस्तर सुधार्ने उद्देश्यका साथ रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी डेभलपमेन्ट बैंकको सहयोगमा भक्तपुर क्यान्सर अस्पताललाई नयाँ विद्युतीय आईसीयू बेड हस्तान्तरण गरेको छ।
यस सहयोगसँगै अस्पतालको बालक्यान्सर उपचार सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसअघि १० बेड रहेको आईसीयू क्षमता अब १५ बेड पुगेको जनाइएको छ।
ट्रस्टले विश्वव्यापी संस्था ‘वर्ल्ड चाइल्ड क्यान्सर’को सहयोगमा नेपालका सातै प्रदेशमा स्थापना गरिएका साझा उपचार केन्द्रहरूलाई आवश्यक उपकरण र सहयोग उपलब्ध गराउँदै आएको छ।
यी केन्द्रहरूले स्थानीय स्तरमै बालबालिकालाई उपचार सुविधा प्रदान गर्दै आएका छन्, जसले लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता कम गर्ने तथा परिवारमा पर्ने आर्थिक र मानसिक भार घटाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग
सोमबार, भदौ २९, २०८३
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
