नेपाल हेल्थ न्युज, काठमाडौं। बालक्यान्सर उपचार सेवामा पहुँच र गुणस्तर सुधार्ने उद्देश्यका साथ रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी डेभलपमेन्ट बैंकको सहयोगमा भक्तपुर क्यान्सर अस्पताललाई नयाँ विद्युतीय आईसीयू बेड हस्तान्तरण गरेको छ।
यस सहयोगसँगै अस्पतालको बालक्यान्सर उपचार सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसअघि १० बेड रहेको आईसीयू क्षमता अब १५ बेड पुगेको जनाइएको छ।
ट्रस्टले विश्वव्यापी संस्था ‘वर्ल्ड चाइल्ड क्यान्सर’को सहयोगमा नेपालका सातै प्रदेशमा स्थापना गरिएका साझा उपचार केन्द्रहरूलाई आवश्यक उपकरण र सहयोग उपलब्ध गराउँदै आएको छ।
यी केन्द्रहरूले स्थानीय स्तरमै बालबालिकालाई उपचार सुविधा प्रदान गर्दै आएका छन्, जसले लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता कम गर्ने तथा परिवारमा पर्ने आर्थिक र मानसिक भार घटाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
