नेपाल हेल्थ न्युज, बैतडी । पाटनमा सञ्चालित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लामो समयदेखि पशु चिकित्सकविहीन अवस्थामा रहेको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको मातहतमा रहेको उक्त कार्यालयमा करिब एक वर्षदेखि पशु चिकित्सकको पद खाली छ।
पशु चिकित्सक नहुँदा पशु स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण सेवा दिन कठिनाइ भइरहेको केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो। उहाँका अनुसार पशु रोगको पहिचान र उपचार, स्वास्थ्य परीक्षण, प्रयोगशाला सेवा, शल्यक्रिया तथा रोग निदानजस्ता सेवा प्रभावित भएका छन्।
यसअघि करार सेवामा कार्यरत पशु चिकित्सक विशाल पाठक गत वर्षको मङ्सिर महिनादेखि कार्यालयबाट बाहिरिएपछि हालसम्म नयाँ चिकित्सक नियुक्ति हुन नसकेको जनाइएको छ। चिकित्सक अभावका कारण जिल्ला बाहिर लैजाने खसी, बोका, भैँसी र राँगाको स्वास्थ्य प्रमाणीकरण गर्न समस्या भएको छ, जसले अवैध निकासीको जोखिमसमेत बढाएको केन्द्रको भनाइ छ।
सात जना प्राविधिक कर्मचारीको दरबन्दी रहेको उक्त केन्द्रमा हाल एक जना पशु विकास अधिकृत र एक जना प्राविधिक मात्रै कार्यरत छन्। जनशक्ति अभावका कारण सेवा प्रवाह प्रभावकारी हुन नसकेको स्थानीय सेवाग्राहीहरूको गुनासो छ।
भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग
सोमबार, भदौ २९, २०८३
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
