नेपाल हेल्थ न्युज, बैतडी । पाटनमा सञ्चालित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लामो समयदेखि पशु चिकित्सकविहीन अवस्थामा रहेको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको मातहतमा रहेको उक्त कार्यालयमा करिब एक वर्षदेखि पशु चिकित्सकको पद खाली छ।
पशु चिकित्सक नहुँदा पशु स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण सेवा दिन कठिनाइ भइरहेको केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो। उहाँका अनुसार पशु रोगको पहिचान र उपचार, स्वास्थ्य परीक्षण, प्रयोगशाला सेवा, शल्यक्रिया तथा रोग निदानजस्ता सेवा प्रभावित भएका छन्।
यसअघि करार सेवामा कार्यरत पशु चिकित्सक विशाल पाठक गत वर्षको मङ्सिर महिनादेखि कार्यालयबाट बाहिरिएपछि हालसम्म नयाँ चिकित्सक नियुक्ति हुन नसकेको जनाइएको छ। चिकित्सक अभावका कारण जिल्ला बाहिर लैजाने खसी, बोका, भैँसी र राँगाको स्वास्थ्य प्रमाणीकरण गर्न समस्या भएको छ, जसले अवैध निकासीको जोखिमसमेत बढाएको केन्द्रको भनाइ छ।
सात जना प्राविधिक कर्मचारीको दरबन्दी रहेको उक्त केन्द्रमा हाल एक जना पशु विकास अधिकृत र एक जना प्राविधिक मात्रै कार्यरत छन्। जनशक्ति अभावका कारण सेवा प्रवाह प्रभावकारी हुन नसकेको स्थानीय सेवाग्राहीहरूको गुनासो छ।
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
