नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार डा. मंगल रावल नेतृत्वको टिमले आफ्नो संकल्पपत्र सार्वजनिक गरेको छ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘टिम मंगल’ नाम दिइएको प्यानलसहित संकल्पपत्र सार्वजनिक गरिएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. रावल अध्यक्ष पदका उम्मेदवार हुन्।
बरिष्ठ उपाध्यक्ष पदमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी उम्मेदवार बनेका छन्। उपाध्यक्ष (प्रदेश संयोजक) तर्फ कोशी प्रदेशमा पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटी, मधेश प्रदेशमा वीरगञ्जका डा. उदयनारायण सिंह र बागमती प्रदेशमा युवा मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीको उम्मेदवारी परेको छ।
यद्यपि डा. शाहीको उम्मेदवारी निर्वाचन समितिले खारेज गरेपछि आज उच्च अदालत पाटनमा रिट दायर गर्ने तयारी गरिएको टिमले जनाएको छ।
यसैगरी गण्डकी प्रदेशको उपाध्यक्षमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. सन्तोष पोखरेल, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. निरज अर्याल उम्मेदवार छन्।
महासचिव पदमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चाँदनी जैसवाल, सह–कोषाध्यक्षमा डा. सुवास गुरुङ र सहसचिवमा डा. राम जीवन प्रसादको उम्मेदवारी रहेको छ।
सदस्य पदका लागि डा. अमित झा, डा. अरुण उप्रेती, डा. दिक्षा बोहरा, डा. निराजन तामाङ, डा. पल्पसा श्रेष्ठ र डा. जेवाना अन्सारी उम्मेदवार रहेका छन्।
संकल्पपत्र सार्वजनिक गर्दै अध्यक्षका उम्मेदवार डा. रावलले व्यवसायिक, सहभागितामूलक, सेवामूलक र पारदर्शी एनएमए निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। संकल्पपत्रमा कार्यकालभर कुनै पनि राजनीतिक नियुक्तिमा सहभागी नहुने, तालिम तथा अध्ययनका लागि संघको जिम्मेवारी नछाड्ने, चिकित्सकीय पेशा र हितविपरीत कुनै काम नगर्ने तथा संघका गतिविधिमा राजनीतिक हस्तक्षेप नहुने उल्लेख गरिएको छ।
त्यस्तै टिमका कुनै पनि सदस्य राजनीतिक दलमा आवद्ध नहुने, महत्वपूर्ण निर्णयमा ब्यालेटिङ प्रणाली लागू गर्ने, प्रत्येक महिना प्रगति विवरण र प्रत्येक तीन महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाइएको छ।
‘हाम्रो एनएमए, सबैको एनएमए भन्ने नारासहित चिकित्सक ऐनको प्रभावकारी कार्यान्वयन, एनएमएबाट चिकित्सकलाई उपलब्ध हुने सेवा–सुविधा विस्तार, अनिवार्य नीतिगत सुधार तथा संघअन्तर्गत प्रभावकारी रिसर्च एण्ड एड्भोकेसी युनिट सञ्चालन गर्ने विषय पनि संकल्पपत्रमा समेटिएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
