नेपाल हेल्थ न्युज, अछाम । बयालपाटा प्रादेशिक अस्पतालमा केही समयदेखि बन्द रहेको स्वास्थ्य बीमा सेवा पुनः सञ्चालनमा आएको छ। अस्पताल प्रशासनका अनुसार माघ १ गतेदेखि लागू हुने गरी बीमा कार्यक्रम फेरि सुरु गरिएको हो।
यसअघि न्याय हेल्थ नेपालले व्यवस्थापन गर्दै आएको अस्पताल प्रदेश सरकारको जिम्मामा आएपछि आवश्यक प्रक्रिया पूरा हुन नसक्दा स्वास्थ्य बीमा सेवा अवरुद्ध भएको थियो।
अब सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएसँगै सेवा नियमित रूपमा सञ्चालनमा आएको अस्पतालले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. मन्दीप पाठकका अनुसार करिब पाँच महिनापछि स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बहाल भएको हो। बीमा सदस्यता लिएका सेवाग्राहीहरूले अब अस्पतालमा उपचार गर्दा प्रत्यक्ष शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ।
सेवा सुरु भएको पाँच दिनभित्र ७० भन्दा बढी बिरामीहरूले बीमा अन्तर्गत उपचार सेवा लिइसकेको अस्पतालको तथ्याङ्क छ। साथै सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतका सेवाहरू पनि पुनः सञ्चालनमा आएका छन्।
अस्पताल प्रशासनका अनुसार अत्यन्त विपन्न, असहाय र अपाङ्ग बिरामीहरूलाई स्थानीय तहको सिफारिसका आधारमा उपचारमा छुट दिइने व्यवस्था गरिएको छ। यस्तै अस्पतालमा २४ घण्टा सञ्चालन हुने सशुल्क फार्मेसी सेवासमेत उपलब्ध गराइएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
