नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले हिमाली क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकसँग सम्बन्धित फेक रेस्क्यु प्रकरणमा संलग्न रहेको आरोपमा स्वाकन इन्टरनेशनल अस्पतालका संस्थापक निर्देशक तथा व्यवसायी जयराम रिमाललाई पक्राउ गरेको छ।
सिआईबीका अनुसार आइतबार रिमाललाई काठमाडौंबाट पक्राउ गरिएको हो। रिमालको स्वामित्वमा रहेको माउण्ट रेस्क्यु सर्विस प्रालिले हालसम्म १ हजार २८४ वटा रेस्क्यु गरेको देखिएको छ।
तीमध्ये १७१ वटा रेस्क्यु शंकास्पद रहेको र ती रेस्क्युका नाममा १ करोड अमेरिकी डलरभन्दा बढीको बीमा दाबी गरिएको सिआईबीले जनाएको छ।
सेतो पुलस्थित स्वाकन इन्टरनेशनल अस्पतालका प्रमुख लगानीकर्तामध्ये रिमाल एक रहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा फेक रेस्क्युमार्फत अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूबाट ठूलो रकम असुली गरिएको आशंका गरिएको छ।
यस प्रकरणमा सिआईबीले रिमालसहित विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई पनि पक्राउ गरेको छ।
उनीहरूमाथि राष्ट्रहितविरुद्धको कसुर अन्तर्गत आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ। प्रकरणसँग जोडिएका अन्य व्यक्ति तथा संस्थाको संलग्नता पनि केलाइरहेको सिआईबीले जनाएको छ।
भृकुटीमण्डपमा सुरु भयो ‘नेपाल मेडिकल सो तथा ल्याब एक्स्पो–२०२६’
बिहीबार, वैशाख १७, २०८३
उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
बिहीबार, वैशाख १७, २०८३
एनएमए निर्वाचन वैशाख १८ र १९ गते: २४ घण्टे मौन अवधि लागू
बिहीबार, वैशाख १७, २०८३
ग्राण्डी अस्पतालको सहकार्यमा टोखामा डेँगु तथा औलो नियन्त्रण सचेतना कार्यक्रम सम्पन्न
बिहीबार, वैशाख १७, २०८३

