नेपाल हेल्थ न्युज, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा मुटुको दुर्लभ जन्मजात रोग ‘अलकापा’ बाट पीडित १० वर्षीया बालिकामा जटिल ‘टाकेउची’ प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ।
मुटु शल्यचिकित्सक डा. रवीन्द्रभक्त तिमलाको नेतृत्वमा गरिएको शल्यक्रिया प्रारम्भिक चरणमा संरचनागत जटिलता देखिएपछि थप अध्ययन र छलफलपछि दोस्रो चरणमा सम्पन्न गरिएको हो।
शल्यक्रियापछि बालिकाको मुटुको कार्यक्षमतामा सुधार आएको र उनी पूर्ण रूपमा स्वास्थ्य लाभ गरी घर फर्किसकेकी छन्।
‘अलकापा’ रोगमा मुटुको देब्रे कोरोनरी धमनी महाधमनीको सट्टा पल्मोनरी आर्टरीबाट निस्कने भएकाले मुटुमा पर्याप्त रक्तसञ्चार हुन सक्दैन। यो रोग करिब तीन लाख जीवित शिशुमध्ये एक जनामा मात्र देखिने अत्यन्त दुर्लभ रोग हो।
विशेषज्ञका अनुसार ‘टाकेउची’ शल्यक्रिया यस्तो अवस्थामा प्रयोग गरिने जटिल प्रविधि हो, जसको दीर्घकालीन प्रभावबारे अझै अध्ययन भइरहेको छ।
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
