नेपाल हेल्थ न्युज, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा मुटुको दुर्लभ जन्मजात रोग ‘अलकापा’ बाट पीडित १० वर्षीया बालिकामा जटिल ‘टाकेउची’ प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ।
मुटु शल्यचिकित्सक डा. रवीन्द्रभक्त तिमलाको नेतृत्वमा गरिएको शल्यक्रिया प्रारम्भिक चरणमा संरचनागत जटिलता देखिएपछि थप अध्ययन र छलफलपछि दोस्रो चरणमा सम्पन्न गरिएको हो।
शल्यक्रियापछि बालिकाको मुटुको कार्यक्षमतामा सुधार आएको र उनी पूर्ण रूपमा स्वास्थ्य लाभ गरी घर फर्किसकेकी छन्।
‘अलकापा’ रोगमा मुटुको देब्रे कोरोनरी धमनी महाधमनीको सट्टा पल्मोनरी आर्टरीबाट निस्कने भएकाले मुटुमा पर्याप्त रक्तसञ्चार हुन सक्दैन। यो रोग करिब तीन लाख जीवित शिशुमध्ये एक जनामा मात्र देखिने अत्यन्त दुर्लभ रोग हो।
विशेषज्ञका अनुसार ‘टाकेउची’ शल्यक्रिया यस्तो अवस्थामा प्रयोग गरिने जटिल प्रविधि हो, जसको दीर्घकालीन प्रभावबारे अझै अध्ययन भइरहेको छ।
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
