नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभाग विराटनगर शाखाले आफ्नो कार्यक्षेत्रभित्र रहेका सरकारी, निजी, गैरसरकारी, सामुदायिक, प्रतिष्ठान, मेडिकल कलेज, शिक्षण संस्था तथा औषधि उद्योगमा कार्यरत प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीहरूको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
विभागले सूचना जारी गर्दै फार्मेसीहरूको कर्मचारी व्यवस्थापन तथा नियमनलाई प्रभावकारी बनाउन सम्बन्धित जनशक्तिको अभिलेखीकरण गर्न लागिएको जनाएको छ। यस कार्यका लागि औषधि ऐन २०३५ तथा अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ बमोजिम प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
सूचनामा फार्मेसी अनुगमन तथा निरीक्षणलाई थप प्रभावकारी बनाउने र प्रमाणपत्रको दुरुपयोग रोक्न सम्बन्धित प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीहरूको आवश्यक विवरण अनिवार्य रहेको जनाइएको छ।
सम्बन्धित सबै निकाय तथा व्यक्तिहरूलाई सात दिनभित्र आवश्यक विवरण विभागको विराटनगर शाखामा उपलब्ध गराउन आग्रह गरिएको छ।
नर्सिङ सुधारको माग गर्दै ज्योति रानाभाटको अनिश्चितकालीन सत्याग्रह सुरु
बिहीबार, साउन १४, २०८३
आईसीयूमा भर्ना नपाएको भन्दै बिरामीका आफन्तद्वारा भक्तपुर अस्पतालमा तोडफोड
बिहीबार, साउन १४, २०८३
कङ्गोमा इबोला नियन्त्रण गर्न राष्ट्रसङ्घको आग्रह
बिहीबार, साउन १४, २०८३
किन बढ्छ मनसुनजन्य रोगको जोखिम?
बिहीबार, साउन १४, २०८३
