नेपाल हेल्थ न्युज, चितवन । अन्तरराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा बीपी कोइराला मोमोरियल क्यान्सर अस्पतालले बालबालिकासँग चेतना मूलक एवं सिर्जनात्मक कार्यक्रम गरी मनाएको छ । अस्पतालले बालबालिका र उनीहरुको अभिभावकलाई बाल क्यान्सरको बारेमा जानकारी गराएको हो ।
अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर बाल क्यान्सर दिवस मनाएको हो।
कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बाल क्यान्सरसम्बन्धी तालिम, अभिभावकसँग समस्या र समाधानका विकल्प विषयक छलफल र बालबालिकाको विशेष समारोह गरी बाल क्यान्सर दिवस मनाइएको हो।
सो अवसरमा चित्रकला प्रतियोगितासमेत गरिएका थियो । अस्पतालको वार्डमा रहेका बालबालिकालाई मास्क, सेनिटाईजर, कापी कलम, रङ्, प्रोटिनयुक्त खाना र पानीका बोतल जस्ता सामग्री वितरण गरिएको थियो । कार्यक्रममा अस्पतालमा उपचाररत बालक प्रेश्टा श्रेष्ठ र उनका अभिभावकले अस्पतालमा आफ्नो उपचार र भोगाइका बारेमा बोलेका थिए ।
सो अवसरमा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट पिड्यिाट्रिक हेमाटो अङ्कोलोजिस्ट डा कृष्णसागर शर्माले समायमानै रोग पहिचान भए उपचारबाट धेरै रोग निको पार्न सकिने बताए । उनले भने, “समायमानै सचेत भएर उपयुक्त उपचार गर्न सके रोग निको पार्न सकिन्छ।”
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
