नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्वाचनको समयमा सम्भावित दुर्घटनालाई ध्यान दिँदै चुनावमा स्वास्थ्यकर्मी नखटाउन आग्रह गरिएको बताएका छन् ।
‘निर्वाचनको समयमा हुनसक्ने दुर्घटना र अन्य आकस्मिक घटनाको जोखिमलाई हेरेर स्वास्थ्यकर्मी चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्ने हुन्छ,’ प्रवक्ता बुढाथोकीले भने, ‘त्यसैले हामीले आयोगसमक्ष स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह गरेका छौँ ।’
मन्त्रालयले निर्वाचनको समयमा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहनसमेत आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
