नेपाल हेल्थ न्युज, काठमाडौं । सावित्रा भण्डारी (साम्बा) को उपचारका लागि विदेशबाट एकैदिन उल्लेखनीय आर्थिक सहयोग संकलन भएको छ। उपचार खर्च जुटाउन सार्वजनिक अपिल गरेपछि २४ घन्टा नपुग्दै ४१ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको हो।
समाचार तयार पार्दासम्म उनलाई विदेशबाट ४७ हजार ४८३ न्युजिल्यान्ड डलर प्राप्त भएको छ, जुन करिब ४१ लाख १३ हजार ८ सय ८ रुपैयाँ बराबर हुन्छ।
यसअघि उनले उपचारका लागि करिब ८० हजार अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिएकी थिइन्।
विदेशमा रहेका समर्थक तथा शुभेच्छुकहरूबाट तीव्र रूपमा सहयोग जुटिरहेको छ भने नेपालभित्रबाट पनि उल्लेखनीय साथ प्राप्त भइरहेको जनाइएको छ।
साम्बाको घुँडामा गम्भीर समस्या देखिएको छ। यसअघि एसीएलमा गरिएको शल्यक्रियाबाट राखिएको ग्राफ्टमा पुनः चोट लाग्नुका साथै एमसिएलमा समेत क्षति पुगेको चिकित्सकहरूले बताएका छन्। त्यसैले उनलाई फेरि जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ।
राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी साम्बाको स्वास्थ्यलाभका लागि खेलप्रेमी तथा समर्थकहरूले सहयोग र शुभकामना व्यक्त गरिरहेका छन्।
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
