नेपाल हेल्थ न्युज, काठमाडौं । सावित्रा भण्डारी (साम्बा) को उपचारका लागि विदेशबाट एकैदिन उल्लेखनीय आर्थिक सहयोग संकलन भएको छ। उपचार खर्च जुटाउन सार्वजनिक अपिल गरेपछि २४ घन्टा नपुग्दै ४१ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको हो।
समाचार तयार पार्दासम्म उनलाई विदेशबाट ४७ हजार ४८३ न्युजिल्यान्ड डलर प्राप्त भएको छ, जुन करिब ४१ लाख १३ हजार ८ सय ८ रुपैयाँ बराबर हुन्छ।
यसअघि उनले उपचारका लागि करिब ८० हजार अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिएकी थिइन्।
विदेशमा रहेका समर्थक तथा शुभेच्छुकहरूबाट तीव्र रूपमा सहयोग जुटिरहेको छ भने नेपालभित्रबाट पनि उल्लेखनीय साथ प्राप्त भइरहेको जनाइएको छ।
साम्बाको घुँडामा गम्भीर समस्या देखिएको छ। यसअघि एसीएलमा गरिएको शल्यक्रियाबाट राखिएको ग्राफ्टमा पुनः चोट लाग्नुका साथै एमसिएलमा समेत क्षति पुगेको चिकित्सकहरूले बताएका छन्। त्यसैले उनलाई फेरि जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ।
राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी साम्बाको स्वास्थ्यलाभका लागि खेलप्रेमी तथा समर्थकहरूले सहयोग र शुभकामना व्यक्त गरिरहेका छन्।
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
