नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। साम्बा अहिले घुँडाको गम्भीर चोटका कारण जटिल शल्यक्रियाको तयारीमा छिन्।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोनमा कुरा गरी पार्टीको तर्फबाट खेलाडीको उपचार कोषमा आर्थिक सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही अनुसार पाँच लाख रुपैयाँ एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेड मा रहेको खातामा जम्मा गरिएको छ।
कांग्रेसका सभापति गगनकुमार थापा ले साम्बाको योगदानप्रति सम्मान व्यक्त गर्दै सबैले उनलाई सहयोग गर्नुपर्ने बताए। उनले पार्टी र व्यक्तिगत तर्फबाट साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
पार्टीले खेलकुदलाई मात्र मनोरञ्जनको माध्यम नभई राष्ट्रिय पहिचान र राष्ट्र निर्माणमा युवा सहभागिताको मुख्य आधार बनाउने लक्ष्यमा जोड दिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
