नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले अधिकृत नवौं तहका दुई पदमा बढुवाका लागि उम्मेदवार सिफारिस गरेको छ। समितिको २०८२ फागुन १३ गते बसेको बैठकले कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गर्ने निर्णय गरेको हो।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार बढुवा अन्तर्गत नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, न्यूरो सर्जरी उपसमूहको कन्सल्टेन्ट न्यूरो सर्जन पदमा डा. नम्रता खड्का सिफारिस भएकी छन्।
त्यस्तै, नेपाल स्वास्थ्य सेवा अन्तर्गत प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूहको कन्सल्टेन्ट प्याथोलोजिस्ट पदमा डा. सृजना अर्याल सिफारिस भएकी छन्। बढुवा सम्बन्धी प्रक्रिया कार्यक्षमताको मूल्यांकनका आधारमा सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता
बिहीबार, कात्तिक १२, २०८३
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा कर्मचारी माग, कात्तिक २१ गतेसम्म आवेदन दिन सकिने
बिहीबार, कात्तिक १२, २०८३
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
