नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले अधिकृत नवौं तहका दुई पदमा बढुवाका लागि उम्मेदवार सिफारिस गरेको छ। समितिको २०८२ फागुन १३ गते बसेको बैठकले कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गर्ने निर्णय गरेको हो।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार बढुवा अन्तर्गत नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, न्यूरो सर्जरी उपसमूहको कन्सल्टेन्ट न्यूरो सर्जन पदमा डा. नम्रता खड्का सिफारिस भएकी छन्।
त्यस्तै, नेपाल स्वास्थ्य सेवा अन्तर्गत प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूहको कन्सल्टेन्ट प्याथोलोजिस्ट पदमा डा. सृजना अर्याल सिफारिस भएकी छन्। बढुवा सम्बन्धी प्रक्रिया कार्यक्षमताको मूल्यांकनका आधारमा सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
