नेपाल हेल्थ न्युज, बैतडी । अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका-१० महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महरा रहेका छन् ।
पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार विकासको आज बिहान र विनोदको फागुन ११ गते ज्यान गएको हो ।
केही दिनदेखि उच्च ज्वरो, बान्ता, शरीर दुख्ने लक्षण देखिएकामा दुवै जनाको मृत्यु भएको उनले बताए । अज्ञात रोगका कारण एकै घरका दाजुभाइको मृत्यु भएपछि प्रयोगशाला र चिकित्सकको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिए ।
गाउँभरि यस्ता लक्षणका बिरामी देखिएपछि चिकित्सकको टोली त्यसतर्फ गएको छ । अज्ञात रोगका कारण दुई बालकको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग
सोमबार, भदौ २९, २०८३
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
