नेभिगेशन

आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाका दिनहरूमा पनि अस्पताल सेवाहरू नियमित राख्ने उद्देश्यले आइतबार ओपीडी (बहिरङ्ग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने लक्ष्यसहित मन्त्रालयले यस्तो निर्णय लिएको जनाएको छ।

अस्पतालहरूले आफ्नो जनशक्ति र बिरामीको चापलाई मूल्याङ्कन गरी आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार आइतबार काममा खटिने स्वास्थ्यकर्मीहरूलाई शनिबारबाहेक अर्को कुनै दिन बिदा दिनुपर्नेछ। यदि त्यसो गर्न सम्भव नभएमा सट्टा बिदाको व्यवस्था गर्नुपर्ने निर्देश दिइएको छ।

यो प्रावधान केन्द्रीय अस्पताल मात्र नभई प्रादेशिक अस्पतालहरूमा पनि लागू हुने बताइएको छ। साथै, प्रदेशस्तरका स्वास्थ्य सम्बन्धी निकायहरूलाई आवश्यक समन्वय गरी प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको छ।

मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक र संवेदनशील क्षेत्र भएकाले सर्वसाधारणलाई निरन्तर सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट