नेपाल हेल्थ न्युज, काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘प्रथम अन्तर्राष्ट्रिय आयोग्य दिवस’ मनाइएको छ । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेसँगै आज देशभर ‘प्रथम अन्तर्राष्ट्रिय आयोग्य दिवस’ मनाइएको हो ।
ग्राण्डी अस्पतालले जीवन विज्ञानको सहकार्यमा आज ‘स्व जागरण ध्यान’ कक्षा सञ्चालन गरेको हो ।
कार्यक्रममा जीवन विज्ञानकी योगा तथा ध्यान विशेषज्ञ डाक्टर आरती रेग्मीले स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली अपनाउनका लागि योग, ध्यान महत्वपूर्ण रहेको उल्लेख गरिन् । उनले कार्यव्यस्तताको जीवनलाई थोरै भएपनि आनन्दको अनुभूती दिलाउन यस्ता कार्यक्रमको आवश्यकता रहेको बताइन् ।
अस्पतालकी उपमहाप्रबन्धक अर्चना प्रधानले स्वास्थ्य जीवनका लागि ध्यान र योग उपयोगी भएको बताउँदै स्वास्थ्य जीवनका लागि सबैले योगाभ्यास गर्नुपर्ने बताइन् । उनले अस्पतालका कर्मचारीलाई स्वास्थ्य राख्नका लागि आगामी दिनमा अस्पतालले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।
यसअघि पनि ग्राण्डी अस्पतालले विभिन्न संघ संस्थासँग मिलेर अस्पतालका डाक्टर तथा कर्मचारीलाई योग, ध्यानको कक्षा दिँदै आएको थियो ।
१५ बुँदे मागसहित सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था विग्रदै, सरकार मौन
शुक्रबार, साउन १५, २०८३
गर्मीमा सातु खानु किन उत्तम मानिन्छ ?
शुक्रबार, साउन १५, २०८३
यस्तो छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाे नयाँ संगठन संरचना : १२औँ तहका पद हट्ने
शुक्रबार, साउन १५, २०८३

