नेपाल हेल्थ न्युज, काठमाडौं । विश्वभर आज विश्व कलेजो दिवस मनाइँदैछ। प्रत्येक वर्ष अप्रिल १९ मा मनाइने यस दिवसको उद्देश्य कलेजोसम्बन्धी रोगहरूबारे जनचेतना फैलाउनु, रोकथामका उपायहरूबारे जानकारी दिनु र कलेजो स्वास्थ्यको महत्व उजागर गर्नु हो।
यस वर्षको विश्व कलेजो दिवस २०२६ को नारा ‘ठोस बानी, बलियो कलेजो’ रहेको छ। यस अभियानले दीगो र स्वस्थ जीवनशैली अपनाउन जोड दिएको छ।
विशेषगरी सन्तुलित आहार, मदिरा सेवनमा नियन्त्रण, नियमित व्यायाम र स्वस्थ बानीहरूलाई कलेजोको स्वास्थ्य जोगाउन अत्यावश्यक मानिएको छ।
स्वास्थ्य विशेषज्ञहरूले अस्वस्थ जीवनशैली, अत्यधिक मदिरा सेवन र असन्तुलित खानपानले कलेजोमा गम्भीर समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनीहरूले समयमै सचेत भई जीवनशैलीमा सुधार गर्न सुझाव दिएका छन्।
प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३

