नेपाल हेल्थ न्युज, काठमाडौं । विश्वभर आज विश्व कलेजो दिवस मनाइँदैछ। प्रत्येक वर्ष अप्रिल १९ मा मनाइने यस दिवसको उद्देश्य कलेजोसम्बन्धी रोगहरूबारे जनचेतना फैलाउनु, रोकथामका उपायहरूबारे जानकारी दिनु र कलेजो स्वास्थ्यको महत्व उजागर गर्नु हो।
यस वर्षको विश्व कलेजो दिवस २०२६ को नारा ‘ठोस बानी, बलियो कलेजो’ रहेको छ। यस अभियानले दीगो र स्वस्थ जीवनशैली अपनाउन जोड दिएको छ।
विशेषगरी सन्तुलित आहार, मदिरा सेवनमा नियन्त्रण, नियमित व्यायाम र स्वस्थ बानीहरूलाई कलेजोको स्वास्थ्य जोगाउन अत्यावश्यक मानिएको छ।
स्वास्थ्य विशेषज्ञहरूले अस्वस्थ जीवनशैली, अत्यधिक मदिरा सेवन र असन्तुलित खानपानले कलेजोमा गम्भीर समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनीहरूले समयमै सचेत भई जीवनशैलीमा सुधार गर्न सुझाव दिएका छन्।
प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान
शुक्रबार, कात्तिक १३, २०८३ट्रेन्डिङ
