नेभिगेशन

क्यान्सरका ७ चेतावनी संकेत

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । छाला, पाठेघरको मुख (सर्भाइकल), स्तन, कोलोरेक्टल (आन्द्रा) तथा मुख सम्बन्धी क्यान्सरजस्ता रोगका प्रारम्भिक लक्षण र संकेतबारे सचेत हुन अत्यन्त आवश्यक छ । सुरुआती चरणमै पहिचान र उपचार गर्न सकिएमा क्यान्सर निको हुने सम्भावना धेरै बढ्छ ।

तल क्यान्सरका केही महत्वपूर्ण चेतावनी संकेतहरू प्रस्तुत गरिएको छ । यीमध्ये कुनै पनि लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा परामर्श लिनुहोस् । प्रारम्भिक पहिचान नै क्यान्सर नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको विश्व स्वास्थ्य संगठनले बताएको छ । 
 
१. असामान्य रक्तस्राव वा स्राव
के–केमा ध्यान दिने ?

  •     पिसाब वा दिसामा रगत देखिनु
  •     शरीरका कुनै भागबाट असामान्य स्राव हुनु (जस्तैः स्तनको निप्पलबाट, लिङ्गबाट आदि)

२. निको नहुने घाउ
यस्ता घाउहरूमा सावधानी अपनाउनुहोस्

  •     समय बित्दै जाँदा पनि सुधार नदेखिनु
  •     झन् ठूलो हुँदै जानु
  •     बढ्दो पीडा हुनु
  •     रगत आउन सुरु हुनु

३. दिसा वा पिसाब गर्ने बानीमा परिवर्तन
ध्यान दिनुपर्ने कुरा

  •     दिसाको रङ, बनावट, आकार वा स्वरूपमा परिवर्तन (जस्तैः झाडापखाला, कब्जियत)
  •     पिसाब वा दिसामा रगत देखिनु

४. स्तन वा शरीरका अन्य भागमा गाँठो देखिनु

  •     स्तन स्व–परीक्षण गर्दा कुनै गाँठो महसुस हुनु
  •     अण्डकोष (स्क्रोटम) मा गाँठो भेटिनु
  •     शरीरका अन्य भागमा नयाँ गाँठो देखा पर्नु

५. लामो समयसम्म पनि निको नहुने खोकी

  •     आवाज बस्नु वा स्वर परिवर्तन हुनु
  •     लामो समयसम्म खोकी नहराउनु
  •     खकारमा रगत देखिनु

६. कोठी (मोल) मा स्पष्ट परिवर्तन
एबिसिडी नियम प्रयोग गर्नुहोस्

  • ए – एसिमट्री (एसिमट्री): कोठीको दुवै भाग समान छन् कि फरक ?
  • बी – बोर्डर (किनारा): किनारा स्पष्ट र मिलेको छ कि अनियमित ?
  • सि— कलर (रङ): कोठीमा देखिने रङहरू कस्ता छन् ?
  • डि— डायमिटर (व्यास): कोठीको आकार ६ मि.मि. (पेन्सिलको इरेजरभन्दा ठूलो) भन्दा बढी छ ?

७. निल्न गाह्रो हुनु

  •     घाँटी वा छातीमा दबाब महसुस हुनु, जसले निल्न असहज बनाउनु
  •     खाना नखाँदै पनि पेट भरिएको जस्तो लाग्नु वा थोरै खाना खाँदा नै भरिएको महसुस हुनु

 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट