नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली चिकित्सकहरुले नेपालमै पहिलो पटक वीर अस्पतालमा ईयुएस (इण्डोस्कोपिक अल्ट्रासाउण्ड) निर्देशित विधिबाट कोइल इन्जेक्सनद्वारा ग्यास्ट्रिक भेरिक्सको उपचार गरेका छन् । बुधबार बुटवलका ५० वर्षीय वृद्धको यो विधिबाट नेपालमै पहिलो पटक उपचार गरिएको हो ।
ती वृद्ध रगत वान्ता हुने समस्या लिएर बुटवलको एक अस्पतालमा पुगेका थिए । त्यहाँ उनको पेटभित्रको रगतको नसा फुलेर फुटेपछि रगत वान्ता (ग्यास्ट्रिक भेरिक्स) भएको पत्ता लाग्यो । त्यसपछि उनलाई रेफर गरेर वीर अस्पताल पठाइयो ।
वीर अस्पतालको ग्यास्ट्रोइन्टेरोलोजी विभागका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. दिवस खड्का, डा. मुकेश शर्मा पौडेल र डा. अजय यादवले ईयुएसद्वारा निर्देशित कोइल इन्जेक्सद्वारा ग्यास्ट्रिक भेरिक्सको उपचार गर्ने निर्णयमा पुगेका थिए ।
‘नेपाली चिकित्सकहरुको संलग्नतामा नेपालमै पहिलो पटक यो विधिबाट उपचार भएको हो,’ डा. शर्माले भने, ‘झण्डै आधा घण्टामा हामीले उहाँको उपचार सम्पन्न गर्यौं ।’ भारतीय चिकित्सकहरुको सहयोगमा भने यसअघि एक निजी अस्पतालमा यो विधिबाट उपचार भएको थियो ।
यो इण्डोस्कोपिक अल्ट्रासाउण्डको सहायताले पेटको भेरिक्सभित्र विशेष धातुका कोइल राखेर रगतस्राव रोक्ने आधुनिक उपचार विधि हो । ग्यास्ट्रिक भेरिक्स भनेका पेटभित्र फुलेका र कमजोर रक्तनलीहरु हुन्, जुन विभिन्न कारणहरुले हुने गर्छन् । ‘यो उपचार विधिमा इण्डोस्कोपिक क्यामेरा भएको ट्युब पेटभित्र हालिन्छ र अल्ट्रासाउण्ड प्रयोग गरेर भेरिक्स पत्ता लगाइन्छ,’ ‘सुइमार्फत कोइल भेरिक्सभित्र हालिन्छ, डा. शर्माले भने।
कोइलले रगतको बहाव रोकेर कलट बनाउन मद्धत गर्छ । यसले भेरिक्सलाई बन्द गर्छ र बिलिडिङ रोकिन्छ ।’ उपचारमा डा. खड्का, डा. शर्मा र डा. यादवसँगै एनेस्थेसियोलोजिष्ट डा. गौरवरत्न बज्राचार्यको टोली संलग्न रहेको थियो । अहिले बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
