नेभिगेशन

भक्तपुर क्यान्सर अस्पतालमा जटिल मस्तिष्क सफल शल्यक्रिया

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल मा जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। न्यूरोसर्जन डा. राजीव शाह को नेतृत्वमा गरिएको उक्त शल्यक्रियापछि बिरामी पूर्ण रूपमा स्वस्थ भई दुई साता अघि नै अस्पतालबाट डिस्चार्ज भएकी छन्।

अस्पतालका अनुसार काभ्रेपलाञ्चोककी ४५ वर्षीया महिलालाई बेलाबेलामा बेहोस हुने र टाउको दुख्ने समस्या देखिएपछि उपचारका लागि ल्याइएको थियो।

जाँचका क्रममा उनको मस्तिष्कको रक्तनलीमा एन्युरिज्म (फुट्न सक्ने जोखिमयुक्त फोका) देखिएको थियो। शल्यक्रियामार्फत उक्त एन्युरिज्ममा क्लिप लगाई सफल उपचार गरिएको चिकित्सकहरूले बताएका छन्।

शल्यक्रियामा न्यूरोसर्जन डा. पुरुषोत्तम बानियाँ, एनेस्थेसियोलोजिस्ट तथा नर्सिङ टोलीको महत्वपूर्ण योगदान रहेको थियो। आधुनिक उपकरण र दक्ष जनशक्तिको प्रयोगका कारण कुनै जटिलता बिना बिरामीले स्वास्थ्यलाभ गरेको जनाइएको छ।

डा. शाहका अनुसार यस्तो शल्यक्रिया अत्यन्त संवेदनशील हुने भएकाले सानो त्रुटिले पनि गम्भीर परिणाम ल्याउन सक्छ। उनले समन्वित टोली, प्रविधि र अनुभवकै कारण सफलता हासिल भएको उल्लेख गरे।

अस्पतालका चिकित्सकहरूले यस सफलताले जटिल न्युरोभास्कुलर शल्यक्रिया सेवा देशमै उपलब्ध गराउन सकिने क्षमता पुष्टि भएको बताएका छन्। साथै, यसले सरकारी स्तरमै उच्चस्तरीय स्नायु शल्यक्रिया सेवा प्राप्त गर्न सकिने विश्वास बिरामीहरूमा बढाएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट