नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या हटाएर यसलाई सरल र जनमैत्री बनाउन कार्य योजना तयार पारिरहेको बताएकी छन्।
सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ को उद्घाटन समारोहमा मन्त्री मेहताले स्वास्थ्य बीमामा केही पेचिलो पक्ष रहेको स्वीकार्दै, त्यसलाई कसरी सहज र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा गहन अध्ययन भइरहेको जानकारी दिइन्।
उनका अनुसार स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्य योजना अन्तिम चरणमा पुगेको छ र चाँडै नागरिकका लागि उपयोगी नयाँ व्यवस्था सार्वजनिक गरिनेछ। उनले भनिन् “हामी स्वास्थ्य बीमालाई कसरी सरल र जनमैत्री बनाउन सक्छौँ भन्ने विषयमा छलफल गरिरहेका छौँ। प्रक्रिया अन्तिम चरणमा छ र छिट्टै यसको जानकारी जनता माझ पुर्याउनेछौँ।”
प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
