नेपाल हेल्थ न्युज, काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहेको समयमा भक्तपुर क्यान्सर अस्पतालले औषधि अभाव भएको भन्दै संसद्का सदस्यलाई फोन गरेको छ।
नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालका अनुसार, अस्पतालले संसद् बैठक चलिरहँदा नै कार्बोप्लाटिन नामक क्यान्सर उपचारका लागि प्रयोग हुने औषधि अभाव भएको जानकारी दिएका थिए।
सांसद अवालले बैठकको क्रममा सभामुखसँग समय मागिन् र तुरुन्तै अस्पतालको समस्याबारे जानकारी दिइन्। उनले संसदमा भनिन्, “भर्खरै मलाई यहाँ बस्दा बस्दै भक्तपुर क्यान्सर अस्पतालबाट फोन आयो। उहाँले तुरुन्तै कार्बोप्लाटिन औषधि, जुन क्यान्सर उपचारमा प्रयोग हुन्छ, अस्पतालमा मात्र नभई देशभर सटेज र अभाव भएको बताए।
यस कारण क्यान्सरका बिरामी उपचार नपाएर फर्किनुपरेको छ र अहिले स्थिति अत्यन्तै गाह्रो छ। त्यसैले सरकारको ध्यानाकर्षण गराउँदै यथासिघ्र औषधि उपलब्ध गराउन अनुरोध गर्दछु।” सांसद अवालले यस मुद्दालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
