नेपाल हेल्थ न्युज, काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहेको समयमा भक्तपुर क्यान्सर अस्पतालले औषधि अभाव भएको भन्दै संसद्का सदस्यलाई फोन गरेको छ।
नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालका अनुसार, अस्पतालले संसद् बैठक चलिरहँदा नै कार्बोप्लाटिन नामक क्यान्सर उपचारका लागि प्रयोग हुने औषधि अभाव भएको जानकारी दिएका थिए।
सांसद अवालले बैठकको क्रममा सभामुखसँग समय मागिन् र तुरुन्तै अस्पतालको समस्याबारे जानकारी दिइन्। उनले संसदमा भनिन्, “भर्खरै मलाई यहाँ बस्दा बस्दै भक्तपुर क्यान्सर अस्पतालबाट फोन आयो। उहाँले तुरुन्तै कार्बोप्लाटिन औषधि, जुन क्यान्सर उपचारमा प्रयोग हुन्छ, अस्पतालमा मात्र नभई देशभर सटेज र अभाव भएको बताए।
यस कारण क्यान्सरका बिरामी उपचार नपाएर फर्किनुपरेको छ र अहिले स्थिति अत्यन्तै गाह्रो छ। त्यसैले सरकारको ध्यानाकर्षण गराउँदै यथासिघ्र औषधि उपलब्ध गराउन अनुरोध गर्दछु।” सांसद अवालले यस मुद्दालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग
सोमबार, भदौ २९, २०८३
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
