नेपाल हेल्थ न्युुज, काठमाडौं । काठमाडौं मेडिकल कलेजका बाथरोग विशेषज्ञ डा. प्रविण खत्री अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित एप्लार–ईयूलार एक्सचेन्ज प्रोग्राम–२०२६ मा छनोट भएका छन्। एशिया–प्रशान्त क्षेत्रका युवा र्युमेटोलोजी विशेषज्ञहरूलाई लक्षित उक्त कार्यक्रममा डा. खत्रीको आवेदन छनोट भएको हो ।
एशिया–प्रशान्त क्षेत्रका विभिन्न देशबाट आवेदन परेका उम्मेदवारहरूमध्ये डा. खत्री छनोटमा परेका हुन्। कार्यक्रम एशिया प्यासिफिक लिग अफ एशोसियसन फर र्युमेटोलोजी (APLAR) र युरोपियन एलाइन्स अफ एशोसियसन फर र्युमेटोलोजी (EULAR) को सहकार्यमा सञ्चालन हुँदै आएको छ।
कार्यक्रमअन्तर्गत डा. खत्रीले आगामी जुन ३ देखि ६ तारिखसम्म बेलायतको लन्डनमा आयोजना हुने ईयूलार वार्षिक क्रग्रेस–२०२६ मा नि:शुल्क सहभागीता जनाउनेछन् । यससँगै उनलाई यात्रा सहयोगस्वरूप २ हजार युरोको ट्राभल ग्रान्ट प्रदान गरिनेछ।
त्यसैगरी, युरोपस्थित उत्कृष्ट स्वास्थ्य संस्थामा हुने एक हप्ते अध्ययन तथा अवलोकन भ्रमणका लागि थप १ हजार युरो बराबरको सहयोग उपलब्ध गराइने कार्यक्रम रहेको छ।
डा. खत्रीले कार्यक्रम अवधिभर नेपालमा अटोइम्युन रोगसँग सम्बन्धित विभिन्न अनुसन्धान तथा अनुभव प्रस्तुत गर्ने तयारी गरेका छन्।
हाल काठमाडौं मेडिकल कलेजमा कार्यरत उनी नेपालमा बाथरोग तथा क्लिनिकल इम्युनोलोजी सेवामा सक्रिय रूपमा संलग्न छन्। यस प्रकारका एक्सचेन्ज कार्यक्रमलाई युवा विशेषज्ञहरूको अन्तर्राष्ट्रिय अनुभव विस्तार, शैक्षिक सहकार्य र अनुसन्धान क्षमताको विकासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिन्छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
