नेपाल हेल्थ न्युज, काठमाडौं । बैंक कर्जाको दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार जानकी मेडिकल कलेज परिसरबाट नियन्त्रणमा लिएको हो।
अनुसन्धानका अनुसार पाण्डेले महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रा.लि.’ नामक कम्पनी खडा गरी प्रभु बैंकबाट कर्जा लिएका थिए। तर उक्त परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) नै नभएको अवस्थामा धितोको मूल्य अस्वाभाविक रूपमा बढी देखाएर कर्जा स्वीकृत गराएको प्रारम्भिक अनुसन्धानमा खुलेको सीआईबीले जनाएको छ।
प्रहरीका अनुसार बैंकबाट लिएको ऋण तोकिएको उद्देश्यमा प्रयोग नगरी अन्य क्षेत्रमा लगानी गरी पटक–पटक दुरुपयोग गरिएको पाइएको छ।
उक्त गतिविधि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको अपराध हुने देखिएको सीआईबीको भनाइ छ। पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष तथा सोही कम्पनीका एकल सञ्चालक हुन्। उनी जानकी मेडिकल कलेज, जनकपुरका अध्यक्षसमेत रहेको खुलेको छ।
उच्च अदालत पाटनले २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका उनलाई सीआईबीले पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।
औषधि व्यवस्था विभागमा स्वास्थ्यमन्त्रीको आकस्मिक छड्के अनुगमन
शुक्रबार, जेठ २२, २०८३
स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित
शुक्रबार, जेठ २२, २०८३
क्यान्सरको औषधि आपूर्तिबारे विवरण पेश गर्न विभागको निर्देशन
शुक्रबार, जेठ २२, २०८३
आज विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइँदै
शुक्रबार, जेठ २२, २०८३

