नेपाल हेल्थ न्युज, काठमाडौं । बैंक कर्जाको दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार जानकी मेडिकल कलेज परिसरबाट नियन्त्रणमा लिएको हो।
अनुसन्धानका अनुसार पाण्डेले महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रा.लि.’ नामक कम्पनी खडा गरी प्रभु बैंकबाट कर्जा लिएका थिए। तर उक्त परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) नै नभएको अवस्थामा धितोको मूल्य अस्वाभाविक रूपमा बढी देखाएर कर्जा स्वीकृत गराएको प्रारम्भिक अनुसन्धानमा खुलेको सीआईबीले जनाएको छ।
प्रहरीका अनुसार बैंकबाट लिएको ऋण तोकिएको उद्देश्यमा प्रयोग नगरी अन्य क्षेत्रमा लगानी गरी पटक–पटक दुरुपयोग गरिएको पाइएको छ।
उक्त गतिविधि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको अपराध हुने देखिएको सीआईबीको भनाइ छ। पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष तथा सोही कम्पनीका एकल सञ्चालक हुन्। उनी जानकी मेडिकल कलेज, जनकपुरका अध्यक्षसमेत रहेको खुलेको छ।
उच्च अदालत पाटनले २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका उनलाई सीआईबीले पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
